हिमालयन आर्ट फेस्टिभल २०२५ प्रारम्भ
फेस्टिभलमा १ सय ४० भन्दा बढी नेपाली कलाकारका पेन्टिङ, पौभा, मूर्तिकला, प्रिन्ट मेकिङ, इन्स्टलेशन, सेरामिक्सलगायतका विधाका उत्कृष्ट कृतिहरू प्रदर्शनीमा राखिएका छन् ।
‘१२ औं नेपाल टेलिकम मिस नेवा: ११३७’ को उपाधि इशु श्रेष्ठले जितेकी छिन् । नेप्लिज फेशन होमद्धार बुधबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजित सो प्रतियोगितामा आफ्ना २७ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेवाको ताज इशुले जितेकी हुन् । उपाधिसँगै उनले आईएमईका तर्फबाट ३० हजार रुपैयाा र सालिमार ज्वेलरका तर्फबाट चाँदीका ताज तथा विभिन्न उपहार प्राप्त गरिन् ।
सो प्रतियोगितामा २० हजार रुपैयाँ र विभिन्न उपहार सहित फस्ट रनरअपको उपाधि ओजस्वी श्रेष्ठले हाँसिल गरिन् । यस्तै १५ हजार रुपैयाँ र विभिन्न उपहार सहित सेकेन्ड रनर अपको उपाधि सृष्टी खड्गीले हाँसिल गरिन् ।