नाजिरको ‘गुलाबी लुक्स’
अभिनेता नाजिर हुसेनको ‘फरक लुक्स’ सार्वजनिक भएको छ ।
गएको शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा टिनएजर किशोरीहरु सम्बन्धीत सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ । ‘मिस टिन कन्टेस्ट नेपाल २०१७’ शीर्षक अन्तर्गत संचालित सो प्रतियोगितामा रोजिका पोखरेलले विजेताको ताज पहिरिन सफल भएकी छिन् । ३२ जना सहभागिहरुको उपाधि दौडमा रोजिकाले मुख्य उपाधि सहित रोजिकाले वेष्ट फिगरको अवार्ड पनि आफ्नो नाममा सुरक्षित पारेकी हुन् । प्रतियोगितामा ट्यालेन्ट अवार्ड सहित कविता थापा फस्ट रनर अप, मोस्ट इन्टेलिजेन्ट अवार्ड सहित भावना काफ्ले सेकेन्ड रनर अप, मस्ट डिजर्भिङ अवार्ड सहित शर्मिला सापकोटा थर्ड रनर अप तथा मोस्ट क्रिएटिभ अवार्ड सहित इशिका शाक्य फोर्थ रनर अप विधामा उत्कृष्ट चयन गरिएका थिए ।
द र्याम्प जोनको आयोजना तथा यल: इभेन्ट सोल्युसन्सको व्यवस्थापन रहेको सो प्रतियोगितामा सुष्मा लामा मिस ब्युटिफुल, पूजा श्रेष्ठ ब्युटि विथ रेस्पोन्सिबिलिटी, विशेषता शिल्पकार वेष्ट पर्सनालिटी, सम्झाना राई वेष्ट वाक, मिठु पाण्डे मोस्ट फोटोजेनिक, सलिना पाण्डे मोस्ट पपुलर विधामा विजेता चयन भएका थिए । यसैगरी मोस्ट स्टाइलिसमा प्रगती राई, मोस्ट फ्रेन्ड्लीमा सोनी मगर, मल्टिमिडिया च्वाइसमा अनु मगर, कन्जिनियालिटीमा सविना श्रेष्ठ, वेष्ट हेयरमा साजदा शाक्य तथा वेष्ट स्कीनमा दिपा तण्डुकार विजयी चयन भएका थिए ।