Successfully Copied

मिस इन्डिजिनियस हेरिटेज नेपाल २०१७ खुल्यो

ब्युटि, ब्रेन र कल्चरको फ्युजनका रुपमा मिस इन्डिजिनियस हेरिटेज नेपाल नामक प्रतियोगिताको थालनी गत वर्षबाट भएको हो ।

ब्युटि, ब्रेन र कल्चरको फ्युजनका रुपमा मिस इन्डिजिनियस हेरिटेज नेपाल नामक प्रतियोगिताको थालनी गत वर्षबाट भएको हो । प्रतियोगिताको दोस्रो संस्करणका लागि आयोजक संस्था प्यासिफिक इभेन्ट एण्ड म्यानेज्मेन्ट प्रा.लि.ले सहभागिता लागि आवेदन खुल्ला गरिएको जनाएको छ । मूलत: आदिवासी जनजाति समुदायका युवतीहरुमा लक्षित यो प्रतियोगितामा आदिवासी जनजाति समुदायका १६ देखि २४ वर्ष उमेर समूहका युवतीहरुले सहभागिता जनाउन सक्नेछन् ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागि हुन चाहने युवतीले सहभागिताका लागि पन्ध्र सय रुपैंया बाहेक अन्य कुनै प्रकारको शुल्क आयोजकलाई बुझाउनु पर्ने छैन । आदिवासी जनजातिहरुको मौलिक कला, संस्कृति, भाषा, जीवनशैली, रहन सहनको साँस्कृतिक सेरोफेरोमा रहेर संचालन गरिने यो प्रतियोगिताका सहभागिहरुलाई स्टेज पर्फमेन्स, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, नेतृत्व विकास, फेसन, ब्युटी, फिटनेस, सामाजिक उत्तरदायित्व लगायत विविध विषयमा पनि तालिम प्रदान गरिने आयोजक पक्षले जनाएको छ ।

 Image