‘चस्मा धेरै हराइरहन्छु’ दीपक घिमिरे, मोडल
अन्तर्राष्ट्रिय मोडलको छवि बनाएका दीपक घिमिरे केही समयअघि अमेरिकामा आयोजित ‘फेसन विक’ मा ‘क्याटवाक’ गरी चर्चामा आएका थिए । उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
२८५३औं सोनाम ल्होसारको अवसर पारेर आयोजना गरिएको तामाङ समुदायको जातियता, सांस्कृतिक पक्ष, भाषा, रहन सहन आदिसंग जोडेर प्रस्तुत हुँदै आएको ‘मिस तामाङ’ प्रतियोगिताको दशौं संस्करण शनिबार प्रज्ञा भवनको डबलीमा सम्पन्न भएको छ । प्रतियोगितामा आफ्ना ३४ प्रतिस्पर्धीहरुलाई पछि पार्दै पिङ्की घिसिङले मिस तामाङ २०१७ को ताज पहिरिन सफल भइन् । उपाधि संगै पिङ्की सिभिल ग्रुप अफ कम्पनीजका लागि ब्रान्ड एम्बेसडर बनेकी छिन् भने उनले नगद पुरस्कार रु एक लाख पनि प्राप्त गरेकी छिन् । प्रतियोगितामा वेष्ट वाकको अवार्ड सहित नावाङ मोक्तान फस्ट रनर अप तथा मिस पपुलर अवार्ड सहित रिता थिङ सेकेन्ड रनर अप घोषित भए । उनीहरुले क्रमश: रु पचास तथा पच्चीस हजार नगद पुरस्कार प्राप्त गरे ।
नेपाल तामाङ कला संस्कृति केन्द्रको सहभागितामा एभरेष्ट फेसन होमद्वारा आयोजना गरिएको यो प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफीमा संचालन भएको थियो । सो प्रतिस्पर्धामा आश्मा मोक्तान फोटोजेनिक, श्रीया थिङ ट्यालेन्ट, गंगा पाख्रिन ब्युटिफुल स्माइल, सरला भ्लोन मिस अनलाइन, नविना लामा पर्सनालिटी, आश्ना स्याङदेन डिसिप्लीन तथा कुमारी बोजु ब्युटिफुल हेयर उपाधिका हकदार बनेका थिए । विभिन्न नृत्य प्रस्तुति संगै गायकहरु अभिनाश घिसिङ, विजय लामा लगायतले कार्यक्रममा सांगीतिक मनोरंजन प्रदान गरेका थिए।