Successfully Copied

आफ्नो सुरक्षा आफैं गरौं

गत महिनाको नारीमा ‘महिलाका लागि आत्मसुरक्षा’ पढें । उक्त लेख हरेक महिलाका लागि उपयोगी छ । महिलालाई कमजोर चित्रण गर्ने, कमजोर हुन सिकाउने तथा सदैव दबाउन एवं थिचोमिचोमै पार्न खोज्ने सामाजिक अवस्थामा आफूलाई जोगाउन कसरी सक्षम हुन सकिन्छ भन्ने विषयमा लेखले थुप्रै उपाय

गत महिनाको नारीमा ‘महिलाका लागि आत्मसुरक्षा’ पढें । उक्त लेख हरेक महिलाका लागि उपयोगी छ । महिलालाई कमजोर चित्रण गर्ने, कमजोर हुन सिकाउने तथा सदैव दबाउन एवं थिचोमिचोमै पार्न खोज्ने सामाजिक अवस्थामा आफूलाई जोगाउन कसरी सक्षम हुन सकिन्छ भन्ने विषयमा लेखले थुप्रै उपाय बताएको छ । विभिन्न बहानामा हुने अत्याचार, मानसिक तथा शारीरिक शोषण झेल्न विवश महिलाहरूले एक पटक पढ्नैपर्ने उक्त लेखले कसैबाट हुने अभद्र क्रियाकलापविरुद्ध लड्न ऊर्जा प्रदान गर्छ ।

महिला स्वयंले शक्तिशाली बन्नुपर्ने त छँदैछ राज्यले पनि महिलामाथि हुने हिंसामा शून्य सहनशीलताको नीति अंगाल्नु आवश्यक छ । सामाजिक व्यवहारमा पुरुषको पिछलग्गु बनाइएकाले महिलाहरू पुरुषमाथि निर्भर भए पनि अहिले उनीहरूको क्षमता क्रमश: प्रकट हुँदैछ । क्षमताका हिसाबले कम नहुँदानहुँदै पनि सामाजिक परिपाटीले पाखा लगाइएका महिलाहरू अब जुर्मुराएर अघि बढ्ने बेला आएको छ । अब महिलाको क्षमतालाई कम आँक्ने र पोथीमाथि भाले जातिको प्रभुत्व जसरी पनि कायम रहनुपर्छ भन्ने मान्यता हटाएर नयाँ सम्भावनाको क्षितिज कोरिनुपर्छ जसले महिला गौरवलाई नयाँ उचाइमा पुर्‍याओस् ।

सविता काफ्ले, बुटवल 

 Image