निर्वाचनमा महिला उपेक्षित
मुलुक चुनावमा होमिएको छ । यसैक्रममा प्रदेशसभा र प्रतिनिधि सभाको चुनावमा उम्मेदवारको मनोनयम प्रक्रिया सकिएको छ । मनोनयमा प्रत्यक्ष निर्वाचनतर्फ महिलाको प्रतिनिधित्व संख्या न्यून छ ।

सूर्यविनायककी २५ वर्षीया सुचित्रा (नाम परिवर्तन) का ७ र ५ वर्षकी छोरी छन् । एक छोरा र छोरी जन्माउने इच्छा बोकेका सुचित्रा दम्पतीले सोचेजस्तो भएन । पहिलो सन्तान छोरी हुँदासम्म उनको परिवारमा खुसी थियो । दोस्रो सन्तानका रूपमा पनि छोरीकै जन्म भएपछि परिवार तथा छिमेकीले मन खिन्न बनाउन थाले । नेपाली सेनामा कार्यरत श्रीमान्ले बिदामा घर आउँदा छोरा त चाहिन्छ भन्न थालेपछि तेस्रो सन्तान जन्माउने सहमति भएको उनी बताउँछिन् ।
दम्पतीकै सहमतिअनुसार छोरा जन्माउने आशामा तेस्रो गर्भ रह्यो । गर्भ रहेको केही सातामा छोरा रह्यो भने राख्ने र छोरी रहे फाल्ने भन्ने सहमतिमै भ्रूणको लिंग परीक्षण गराएर छोरी भ्रूण हत्या गरिएको उनले स्विकार गरिन् । सूर्यविनायककै एक कानुनी मान्यताप्राप्त गर्भपतन केन्द्रका चिकित्सकको सल्लाहमा भ्रूण परीक्षण गरी गर्भपतन गराएको उनले बताइन् ।