Successfully Copied

मिस युनिभर्सको ६५ औं संस्करणको विजेता फ्रान्सेली सुन्दरी आइरिस मिटेनाएरी

आफ्ना ८५ जना ग्लोबल सुन्दरीहरुलाई पछि पार्दै सोमबार जनवरी ३० मा सम्पन्न मिस युनिभर्स सौन्दर्य प्रतियोगिताको ६५ औं संस्करणको विजेता ताज पहिरिन फ्रान्सेली सुन्दरी आइरिस मिटेनाएरी सफल भएकी छिन् ।

आफ्ना ८५ जना ग्लोबल सुन्दरीहरुलाई पछि पार्दै सोमबार जनवरी ३० मा सम्पन्न मिस युनिभर्स सौन्दर्य प्रतियोगिताको ६५ औं संस्करणको विजेता ताज पहिरिन फ्रान्सेली सुन्दरी आइरिस मिटेनाएरी सफल भएकी छिन् । फिलिपिन्सको मनिलास्थित मल अफ एशिया एरिना सम्पन्न मिस युनिभर्स सौन्दर्य  प्रतियोगिताको अन्तिम चरणमा पुगेका केन्या, थाइल्याण्ड, फिलिपिन्स, हाइटी र कोलम्बियाका प्रतिस्पर्धी भन्दा आफूलाई अब्बल प्रमाणित गरेकी २४ वर्षिया आइरिस डेन्टल सर्जरीमा डिग्री लेवलमा अध्ययनरत छिन् भने उनी साहसिक खेलकूद, विश्व भ्रमण तथा फ्रेन्च खानाका परिकार बनाउनमा शौक राख्दछिन् । मिस युनिभर्स भएपछि उनले विश्वभर डेन्टल र ओरल केयर सम्बन्धी अभियान संचालन गर्ने मनसाय व्यक्त गरेकी छिन् ।

मिस युनिभर्सको फाइनल प्रतिस्पर्धाको मुल्यांकन चरणमा यस अघि नै स्वीम सूट राउन्डको प्रिलिमिनरी कन्टेष्टबाट निक्र्यौल भइसकेका उत्कृष्ट १३ ले फाइनल शोको स्वीम सूट राउन्डमा प्रस्तुति दिए । त्यसपछि यहाँबाट उत्कृष्ट नौ जनाले इभिनिङ गाउन राउन्डमा प्रतिस्पर्धा गरे र अन्तत: अन्तिम ६ जना प्रतिस्पर्धी मिस युनिभर्स २०१६ को मुख्य ताजको दाबेदार बने । प्रतियोगितामा हाइटीकी राक्वेल पेलिसियर फस्ट रनर अप तथा कोलम्बियाकी एन्ड्रिय टोभर सेकेन्ड रनर अप चयन भएका थिए । प्रतियोगिताको निर्णायकका रुपमा रहेका ६ जना मध्ये तीन जना पूर्व मिस युनिभर्स सुन्दरीहरु थिए । जसमा मिस युनिभर्स २०११ की विजेता एंगोलाकी लिला लोप्स्, मिस युनिभर्स १९९३ की विजेता पियर्टो रिकोकी डायनारा टोरेस् तथा मिस युनिभर्स १९९४ की विजेता भारतकी सुष्मिता सेन थिए । प्रतियोगितालाई अमेरिकन प्रस्तोता स्टीभ हार्भीले संचालन गरेका थिए । 

 Image