घरैमा स्वरोजगार
चितवनको माडीस्थित बोटे, थारू, दुरा, दराई, पुन मगर, गन्धर्वलगायत आदिवासी जनजाति तथा लोपोन्मुख समुदायका महिला होमस्टे चलाएर आत्मनिर्भरतातर्फ लम्किँदैछन् ।
आउटलेट : ताज कलेक्सन, सिटी स्क्वायर, बागबजार
विशेषता : लेडिज ब्याग तथा जुत्ता
गत जेठ महिनादेखि संचालनमा आएको ताज अहिले ब्याग तथा जुत्ताप्रेमीहरूको आकर्षणमा छ । लेडिज सेन्डल तथा ब्यागका लागि लोकप्रिय गन्तव्यका रूपमा परिचित ताजमा मौसमअनुसारका जुत्ता उपलब्ध छन् । यहाँ दैनिक लगाउने सामान्यदेखि पार्टी वेयर जुत्ता तथा ब्याग आदिसम्म खरिद गर्न सकिन्छ ।
फेसन ट्ेरन्डमा रहेका साइड ब्याग, ह्यान्ड ब्याग यहाँका मुख्य आकर्षण हुन् । यहाँ जारा तथा एम के ब्रान्डका ब्यागका साथै जाराकै जुत्ता पनि पाइन्छ । यहाँ नेपाली फेसनमा रुचाइएका ब्याग तथा जुत्ता सामान्यत: १ हजारदेखि ४ हजारसम्ममा खरिद गर्न सकिन्छ भने अहिले ताजले २५ प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ ।