Successfully Copied

मिसेज हेरिटेजमा मञ्जु

धेरै मोडलका लागि पहिरन डिजाइन गरी उनीहरूलाई विजेता बनाएकी मञ्जु मिसेज हेरिटेजमा आफूले डिजाइन गरेको ट्रेडिसनल ड्रेस र इन्भाइरोमेन्ट ड्रेसमा गोल्ड मेडल हात पार्न सफल भइन् ।

फेसन डिजाइनर मञ्जु बञ्जारा ढकाल मिसेज हेरिटेजका रूपमा नेपालको प्रतिनिधित्व गरेर श्रीलंकाबाट फर्किसकेकी छिन् । धेरै मोडलका लागि पहिरन डिजाइन गरी उनीहरूलाई विजेता बनाएकी मञ्जु मिसेज हेरिटेजमा आफूले डिजाइन गरेको ट्रेडिसनल ड्रेस र इन्भाइरोमेन्ट ड्रेसमा गोल्ड मेडल हात पार्न सफल भइन् । त्यसका साथै उनले अन्य तीन वटा मेडल पनि हात पारिन् । आफूसँग भएको प्रतिभा देखाउन पाइने भएकाले यो प्रतियोगितामा सहभागी भएको बताउने मञ्जु मिसेज हेरिटेज ब्युटी प्याजेन्टभन्दा डिजाइन तथा कल्चरसम्बन्धी प्याजेन्ट भएको दाबी गर्छिन् । उनका अनुसार अन्य देशको तुलनामा हामीकहाँ यस्ता अन्तर्राष्ट्रिय प्याजेन्टमा भाग लिन होमवर्क र तयारी समय अपर्याप्त हुन्छ । तीन सन्तानकी आमा मञ्जु महिलाले केही गर्छु भनेर लागे अवश्य सफल हुने भएकाले अघि बढ्न डराउन नहुने बताउँछिन् ।  

सिर्जना दुवाल श्रेष्ठ

 Image