Successfully Copied

किन्डर गार्डेन ग्लोरीको उपाधि एञ्जल गुरुङलाई

राजधानी हालै सम्पन्न ‘किन्डर गार्डेन ग्लोरी नेपाल–२०१७’ नामक किन्डर गार्डेन अध्ययनरत बालबालिकाहरुमा लक्षित प्रतियोगिताको शीर्ष उपाधि एञ्जल गुरुङले जित्न सफल भएकी छिन् ।

राजधानी हालै सम्पन्न ‘किन्डर गार्डेन ग्लोरी नेपाल–२०१७’ नामक किन्डर गार्डेन अध्ययनरत बालबालिकाहरुमा लक्षित प्रतियोगिताको शीर्ष उपाधि एञ्जल गुरुङले जित्न सफल भएकी छिन् । जी इलेभेन नेपालद्वारा आयोजित सो प्रतियोगितामा आफ्ना २० जना प्रतिस्पर्धीलाई पछि पार्दै चेतना सदनमा अध्ययनरत एञ्जलले ’किन्डर गार्डेन ग्लोरी नेपाल–२०१७’ को ताज आफ्नो शीरमा सजाएकी हुन् । उनले प्रतियोगितामा मस्ट ट्यालेन्टको उपाधि पनि हात पारिन् । पहिलो पटक आयोजित यो कार्यक्रममा समीक्षा रावल फस्ट र आयुष देवकोटा सेकेन्ड रनरअप भए भने पब्लिक च्वाइजको अवार्डमा रेविका दानी विजयी बनिन् । 

प्रतियोगिताको अन्य उपाधिमा एञ्जल खड्की बेस्ट स्माइल, दिव्या समाल बेस्ट ड्ेरस, आकांक्षा श्रेष्ठ स्मार्ट चाइल्ड, रेयुन महर्जन बेस्ट पर्सनालिटी, आदित श्रेष्ठ स्माइल, युगेन लामा बेस्ट हेयर, सफलता खरेल बेस्ट वाक र विवेक तिमिल्सिनाले मस्ट एक्टिभको अवार्डमा आफ्नो नाम दर्ता गराए । यसैगरी प्रतियोगितामा निष्ठा चौधरी डिसिप्लीन, शुभमु भट्टराई मस्ट ह्याण्डसम, रिहना श्रेष्ठ मस्ट भर्सटायल, प्रिज्मा न्यौपाने चार्मिङ, प्रिजल न्यौपाने फोटोजेनिक र शन्भी तन्डुकारले बेस्ट स्किनको अवार्डमा आफूलाई उत्कृष्ट साबित गरेका थिए । प्रतियोगिता विपना थापा र राजिव बलामीको कोरियोग्राफीमा सम्पन्न भएको थियो । 

 Image