मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’
देशको निराशाजनक शासन व्यवस्थाका कारण गरिबलाई एक छाक खान पनि धौधौ परेको कथा बोकेको गोविन्दबहादुर मल्ल गोठालेको नाटक भोको घरलाई युवा नाटककार तथा निर्देशक केदार श्रेष्ठले कलात्मक रूपमा प्रस्तुत गरेका छन् । एक घन्टा लामो यो नाटकमा परिवारको पीडालाई सशक्त रूपमा उतारिएको छ । सम्भ्रान्त वर्गले गरिब वर्गमाथि गरेको दमनलाई टंकमान (अभय बराल) का माध्यमबाट प्रस्तुत गरिएको छ । नरबहादुरले भोको पेट भर्न वर्षौंदेखि बनाएको योजनालाई टंकमानले एकै छिनमा असफल बनाइदिएको घटना नाटकमा उत्कृष्ट कलामार्फत दर्साइएको छ ।
लेखन : गोविन्दबहादुर मल्ल गोठाले ।
परिकल्पना एवं निर्देशन : केदार श्रेष्ठ ।
कलाकार : आकाश मगर, शान्ति गिरी, सुदाम सिके, सञ्जिता सञ्जी, अभय बराल आदि ।
थिएटर : थिएटर मल, काठमाडौं मल ।