Successfully Copied

जयाको आवरण

गत महिना सार्वजनिक भएको जया ओझाको उपन्यास ‘आवरण’ अन्तरलिङ्गीहरूको जीवनको उतारचढाव समेटेर लेखिएको उपन्यास हो । यसमा अन्तरलिङ्गीहरूले भोग्नुपरेका सामाजिक एवं पारिवारिक अपमान तथा तिरस्कारलाई प्रस्तुत गरिएको छ ।

गत महिना सार्वजनिक भएको जया ओझाको उपन्यास ‘आवरण’ अन्तरलिङ्गीहरूको जीवनको उतारचढाव समेटेर लेखिएको उपन्यास हो । यसमा अन्तरलिङ्गीहरूले भोग्नुपरेका सामाजिक एवं पारिवारिक अपमान तथा तिरस्कारलाई प्रस्तुत गरिएको छ । हाम्रो समाजमा सबैले छोरा वा छोरीको जन्म हुन्छ भन्ने आशा गरेका हुन्छन् । कसैले पनि त्यसभन्दा अलग मानिस जन्मन्छ भनेर कल्पनासम्म गरेका हुँदैनन् ।

छोरा र छोरी चिनाउने स्पष्ट अङ्ग नछुट्टिएको शिशु जन्मिएको अवस्थामा त्यो परिवारको मानसिकता कस्तो हुन्छ ? उक्त शिशु हुर्कंदै गएपछि उसले कस्ता समस्याहरूसँग जुध्नुपर्छ । उसलाई जन्म दिएकै आधारमा आमाले कस्ता समस्या झेल्नुपर्छ भन्ने कुरा यो उपन्यासमा प्रस्तुत गरिएको छ । २ सय २४ पृष्ठको यो उपन्यासमा अन्तरलिङ्गीका यौन चाहना, स्वास्थ्य, सुरक्षा, कानुनी अधिकारका साथै राज्यले उनीहरूका लागि गर्नुपर्ने कुराहरूलाई पनि समेटिएको छ । चलनचल्तीको भन्दा फरक विषयमा लेखिएको यो उपन्यासको मूल्य ३ सय १७ रुपैंयाँ छ ।

 Image