Successfully Copied

आत्मविश्वासी एवं निडर इभाना

उनमा सानैदेखि गज्जबको आत्मविश्वास एवं निडरता थियो । आफ्नो बोल्ड स्वरलाई प्लस प्वाइन्ट मान्ने इभाना अध्ययनका क्रममा केही वर्ष अमेरिका बसिन् । अहिले उनी आफ्नै बुवाको व्यवसायमा साथ दिइरहेकी छिन् । अमेरिकाबाट मार्केटिङमा स्नातक पूरा गरेकी मानन्धरलाई गायन, नृत्य तथा भ्रमणमा रुचि छ

मिस नेपाल नै बन्छु भनेर कहिल्यै नसोचेकी इभाना मानन्धर आत्मविश्वासकै कारण मिस नेपालको ताज पहिरन सफल भएकी हुन् । उनमा सानैदेखि गज्जबको आत्मविश्वास एवं निडरता थियो । आफ्नो बोल्ड स्वरलाई प्लस प्वाइन्ट मान्ने इभाना अध्ययनका क्रममा केही वर्ष अमेरिका बसिन् । अहिले उनी आफ्नै बुवाको व्यवसायमा साथ दिइरहेकी छिन् । अमेरिकाबाट मार्केटिङमा स्नातक पूरा गरेकी मानन्धरलाई गायन, नृत्य तथा भ्रमणमा रुचि छ ।

भविष्यमा सफल विजनेस वुमन बन्ने चाहना बोकेकी इभानालाई मिस नेपाल भएपछि टिभीको भिजे बन्न, चलचित्रको नायिका हुन तथा म्युजिक भिडियो खेल्न थुप्रै प्रस्ताव आए तर रुचि नभएका कारण उनी त्यतातर्फ लागिनन् । उनी कर्पाेरेट लेभलका कार्यक्रमहरूमा एमसीका रूपमा देखिने गरेकी छिन् । गायनमा भने उनको ठूलो सोख छ । साथीभाइमाझ गीत गाउन अघि सर्ने इभाना बालबालिकाहरूका लागि केही गर्न चाहन्छिन् । उनी महिलाहरूमाथि हुने  विभेद रुचाउँदिनन् ।

मानन्धर जति सुन्दर छिन् त्यत्तिकै जिद्दी पनि छिन् । उनलाई आफ्नी आमाले डिजाइन गरेका पहिरन असाध्यै मन पर्छन् । मिस नेपालमा भाग लिँदा पनि उनले आमाकै डिजाइनको गाउन लगाएकी थिइन् । इभाना अहिले व्यवसायका साथै विभिन्न कलेज तथा स्कुलहरूमा मोटिभेसनका कक्षा पनि दिइरहेकी छिन् ।  

संयोजन : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

पहिरन : खुश्बु डंगोल, ओढनी द बुटिक, कुपण्डोल

मेकअप तथा हेयर स्टाइल : स्यामिन डंगोल, स्टुडियो सेक्रेट, कृष्णगल्ली, पुल्चोक

लोकेसन : जेन विस्ट्रो एन्ड क्याफे, सल्लाघारी, बाँसबारी

 Image