सशक्त तोसिमा
संसदीय निर्वाचन–०७९ मा एउटा चर्चित नाम हो–डा. तोसिमा कार्की । ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी ३१ हजार १३६ मत ल्याई विजय भएकी हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापकबाट राजीनामा दिई उनी राजनीतिमा आएकी हुन् ।
गीतकार तनुजा शर्माको दोस्रो म्युजिक भिडियो पिउँदिन भन्दाभन्दै आज सार्वजनिक भएको छ । राजु सिंहको संगीत तथा गायिका दुर्गा खरेलको आवाजमा स्वरबद्ध यो गीतको छायांकन युएन पार्क, नर्लिङ रिसोर्ट तथा झम्सिखेलमा गरिएको हो ।
हाल जापानमा रहेकी गीतकार शर्माको केहीअघि सातवटा गीत समावेश नशामा एल्बम बजारमा आएको थियो । सोही एल्बमको यो गीतलाई विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो । यो भिडियोमा बब्बु थापाको निर्देशन, राजेश घिमिरेको छायांकन, गोपाल रसाइलीको एरेन्जर तथा विष्णु शर्माको सम्पादन रहेको छ । यसमा स्वयं गीतकार शर्मा र नरेन्द्र रौलेको अभिनय छ ।
गीतको भिडियो :