‘खेलकुदमा पनि सिइओ हुन्छ भन्ने प्रश्न गर्छन्’
खेलकुदमा नै करिअर बनाउने हुटहुटीले अगाडि बढेकी उनी भलिबललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने र महिला खेलाडीलाई सशक्तीकरण गर्ने अभियानमा होमिएकी छन् ।
गीतकार तनुजा शर्माको दोस्रो म्युजिक भिडियो पिउँदिन भन्दाभन्दै आज सार्वजनिक भएको छ । राजु सिंहको संगीत तथा गायिका दुर्गा खरेलको आवाजमा स्वरबद्ध यो गीतको छायांकन युएन पार्क, नर्लिङ रिसोर्ट तथा झम्सिखेलमा गरिएको हो ।
हाल जापानमा रहेकी गीतकार शर्माको केहीअघि सातवटा गीत समावेश नशामा एल्बम बजारमा आएको थियो । सोही एल्बमको यो गीतलाई विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो । यो भिडियोमा बब्बु थापाको निर्देशन, राजेश घिमिरेको छायांकन, गोपाल रसाइलीको एरेन्जर तथा विष्णु शर्माको सम्पादन रहेको छ । यसमा स्वयं गीतकार शर्मा र नरेन्द्र रौलेको अभिनय छ ।
गीतको भिडियो :