प्रमिलाको ‘ब्युटी विथ नेचर’
विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् ।
गत शनिबार साँखुमा कुमारी पूजा सम्पन्न भयो । वसन्तपुरको ह्युमत मिसा पुच:द्वारा आयोजित कुमारी पूजामा सयौं दर्शनार्थी उपस्थित थिए । उक्त कुमारी पूजामा कक्षा १ मा अध्ययनरत ४ वर्षीया प्रतिभा बज्राचार्यलाई पूजा गरिएको थियो । साँखुमा अहिले उनीजस्तै ४ जना कुमारी छन् । साँखुमा वर्षको एक पटक दशैंको महानवमीका दिन मूल कुमारीको पूजा गरिन्छ भने दश दिनअघि चारैजना कुमारीको पूजा गर्ने चलन छ ।

मिसा पुच:ले उपत्यकाका विभिन्न नेवार बस्तीमा यस्ता कार्यक्रम आयोजना गर्दै आइरहेको छ । ह्युमत मिसा पुचा:को प्रमुख उद्देश्य नै लोपोन्मुख नेवारी संस्कृतिको जगेर्ना गर्नु हो ।


