अनु अनमोल क्षेत्री
बाल्यावस्थादेखि नै म राम्रो नृत्य गर्थें, अभिनयमा पनि रुचि थियो । यो मेरो ‘प्यासन’ नै थियो । म त्यही कला र शक्ति लिएरै हुर्किएँ । रुचिकै कारण म यो क्षेत्रमा प्रवेश गरेकी हुँ ।
सूर्य चन्द काठमाडौं नेपालमा सौन्दर्य प्रतियोगिताहरूको बढ्दो भीडमा आफूलाई स्थापित गर्न दक्ष इन्टरटेनमेन्ट प्रा.लि.ले ‘मिस एन्ड मिसेस ब्युटिफुल नेपाल २०१६’ को ग्रान्ड फिनाले पुस २७ मा काठमाडौंको राष्ट्रिय नाच घरमा सम्पन्न गर्ने भएको छ । ‘मिस एन्ड मिसेस ब्युटिफुल नेपाल २०१६’ मा अहिले मिस ब्युटिफुल र मिसेज ब्युटिफुलको धमाधम प्रशिक्षण भैरहेको दक्ष इन्टरनेसनल प्रा.लि.का प्रबन्ध निर्देशक टेकराज पाण्डेले बताए ।
अहिलेसम्म युवतीतर्फ २० जना र विवाहित महिलातर्फ ७ जनाले अन्तिम चरणमा प्रवेश पाइसकेका छन् । प्रतिस्पर्धीहरूलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकाससम्बन्धी विषयमा प्रशिक्षण दिएर उनीहरूको आत्मबल बढाउन सहयोग पुर्याएको कुरा आयोजक टेकराज पाण्डेले बताए । प्रतियोगीहरू प्रतिस्पर्धा गर्न अनि आफ्नो आत्मविश्वास बढाएर भोलिका दिनमा आज सिकेका कुरालाई उपयोग गर्न अहिले ट्रेनिङमा मेहनतका साथ लागिपरेका छन् र ताज आफ्नो हातमा पार्न कडा मेहनतका साथ आफ्नो प्रतिभालाई निखारता दिँदैछन् ।
आश्विनी झाले कोरियोग्राफ्री गरिरहेको ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०१६’ सौन्दर्य परियोगिता दक्ष इन्टरटेनमेन्ट प्रा.लि.ले आयोजना गरेको हो र यो प्रतियोगिताका आयोजक चर्चित सौन्दर्यविद् टेकराज पाण्डे हुन् । कोरियोग्राफर आश्विनी झाका अनुसार यो सौन्दर्य प्रतियोगिताले नेपाली युवायुवतीहरूबीच व्यक्तित्व विकास र आफूसँग भएको प्रतिभा प्रस्फुटन गरी समाजमा सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनी विश्वस्त छन् ।