‘स्वस्थ रहन शरीर सन्तुलन हुनु जरुरी’
खाना र स्वास्थ्य एक–अर्काका परिपूरक हुन् । हामीले जस्तो खाना खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ । तसर्थ शारीरिक र मानसिक स्वास्थ्यका लागि स्वस्थ खाना एकदमै जरुरी हुन्छ ।
गत बुधबार आफ्नो रजत वर्ष पूरा भएको अवसरमा काभ्रेकी २५ वर्षिया सौन्दर्य व्यवसायी सोनु श्रेष्ठले सुदुरपश्चिमको धनगढी पुगेर ओल्डेज होमका असहाय तथा बृद्ध आमाहरुलाई लत्ताकपडा वितरण गरेर तथा खाना खुवाएर मनाएकी छिन् । बानेश्वरस्थित आयना ब्युटीपार्लरकी ब्युटीसियन श्रेष्ठले यो वर्षदेखी सामाजिक सेवामा हात हालेकी छिन् ।

अरुबेला परिवार तथा साथीहरुसँग जन्मदिन मनाउँदै आएकी श्रेष्ठले यो वर्षदेखी आफ्नो जन्मदिन सामाजिक सेवा गरेर मनाउन थालेकी हुन् । ‘अरुबेला साथीहरुलाई खुवाएर पैसा खर्चिन्थें ।’ उनले भनिन्,‘फजुल खर्च घटाएर समाजसेवामा लाग्ने मन छ ।’