Successfully Copied

इएमआई सुविधा

आर्थिक विकासले तीव्र गति नलिए पनि हाम्रो मुलुकमा पनि एटीएमको प्रयोगद्वारा बैंकिङ कारोवार गर्ने मानिसहरूको संख्या बढ्दै गएको छ र त्यसले दैनिक व्यवहारलाई सहज तुल्याएको छ । यही क्रममा इएमआई (इक्वेटेड मन्थ्ली इन्स्टलमेन्ट) का माध्यमद्वारा किस्ताबन्दीमा कर्जा लिन सकिन्छ ।

पहिले–पहिले मानिसहरू रिटायर्ड लाइफमा आएको सारा पैसा लगानी गरेर घर बनाउने वा फ्ल्याट किन्ने काम गर्थे तर अहिलेका युवाका लागि इएमआईले आरामदायक तथा लक्जरियस जीवन बिताउन सहयोग पुर्‍याएको छ । अब निम्न वा मध्यम वर्गका मानिसले पनि आफ्ना रहरहरूलाई खुम्च्याएर बस्नु पर्दैन ।

आज सामान्य जागिर खाने २५ वर्षको युवाले पनि विवाह गर्नेबित्तिकै आफ्नो छुट्टै घर वा फ्ल्याट जोड्न सक्छ । जुन हिजोको दिनमा कल्पनासम्म पनि गर्न सकिँदैनथ्यो । इएमआईले आममानिसको जीवनस्तर दु्रत गतिमा माथि उठाइरहेको छ ।

 Image