फोटो पत्रकार प्रधानलाई मातृशोक
कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन नारी मासिकका फोटोपत्रकार महेशमान प्रधानलाई मातृशोक परेको छ । प्रधानकी ममतामयी आमा लक्ष्मी प्रधानको ७६ वर्षको उमेरमा निधन भएको हो ।
प्रशिक्षणमा रहेको मिस नेवा: ११३७ का प्रतिस्पर्धिहरुले बिहिबार ललितपुरमा रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै आफैंले समेत रक्तदान गरेका छन् । मिस नेवा:को आयोजक नेप्लिज फेसन होमको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा ललितपुरको च्यासलस्थित हिमालयन कलेजमा बिहिबार दिउँसो रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
नेप्लिज फेसन होमकी प्रमुख हेमा मानन्धरका अनुसार उक्त अवसरमा एक दर्जन सुन्दरीहरुका साथै करिव एक सय जनाले रक्तदान गर्ने कार्यक्रम छ । रक्तदान कार्यक्रममा मिस नेवास् का ३० जना प्रतिस्पर्धिहरु सहभागि भएका हुन् । मिस नेवा: को ग्राण्ड फिनाले माघको अन्तिम साता सम्पन्न हुनेछ ।