कर्मयोगी जोडी
सुदूरपश्चिम बैतडीका माइकल (हरीश) चन्द र काठमाडौंकी भुवन थापाले सँगै साथ बिताएको ४७ वर्ष भयो । उनीहरूले आफूहरूलाई ‘कर्म’ ले जोडेको बताउँछन् ।
मिस एण्ड मिस्टर ग्ल्यामर्स आईकन – २०१६ को उपाधि काठमाडौंकी सब्बु शाही र आकृष महर्जनले जितेका छन् । उपाधिसँगै आकृष र सब्बुले जनही २५ हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरे । यसैगरी, मिस्टर र मिस तर्फ फस्ट रनर अप शिब थपलियाा एवं अप्सरा सुवेदी र सेकेन्ड रनर अपमा आर्यन बिष्ट एवं सोना बज्राचार्य छानिए । काठमाडौंको थापाथलीस्थित मुड्स लञ्जमा आयोजित सो प्रतियोगिताको उद्घाटन जनसंख्या तथा वातावरण मन्त्री जयदेब जोशीले गरेका थिए ।

जेष्ठ नागरिक कोषको प्रमुख रामकृष्ण कार्माचार्यको सभापतित्वमा सम्पन्न सो प्रतियोगितामा विभिन्न शिर्षकमा प्रतियोगीबिच प्रतिस्पर्धा भएको थियो । जस अन्तर्गत मिस्टर एन्ड मिस ट्यालेन्टमा आर्यट बिष्ट र भावना तामाङ, फोटो जेनिकमा रबिन बिष्ट र सलिना बानियाा, मिस क्याटवाकमा कोमल लामा विजयी भए । सो प्रतियोगिताको कोरियोग्राफी मोडल हन्ट विजेता निर्जन थापाले गरेका थिए ।
ग्ल्यामर्स आईकन बेटल ग्यालेक्सीको व्यबस्थापन र डिपिएएस इन्टरनेशनलको संयोजनमा सम्पन्न सो प्रतियोगिताको निर्णायकमा गायक आनन्द कार्की, मोडल एवं अभिनेत्री स्वस्तिका राजभण्डारी, मोडल पद्मिनी झा, व्युटिसियन रुश्का बैद्य श्रेष्ठ, टिचर मोना क्षेत्री खनाल, फेशन डिजाईनर सुजन पण्डित थिए । अवार्ड समारोहलाई गायक धिरज राई, आनन्द कार्कीले आफ्ना गीतबाट मनमोहक तुल्याएका थिए । सुमन कोईरालाको प्रहसन, लिटिल प्रिन्स – २०१६ आश्रेय रञ्जितको गायन, लिटिल प्रिन्सेस ट्यालेन्ट खुसी श्रेष्ठको नृत्य तथा सौगात मन्टेश्वरीका साना नानीहरुको नृत्य एवं गायनले कार्यक्रमको रौनकता बढाएको थियो ।