सशक्त तोसिमा
संसदीय निर्वाचन–०७९ मा एउटा चर्चित नाम हो–डा. तोसिमा कार्की । ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी ३१ हजार १३६ मत ल्याई विजय भएकी हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापकबाट राजीनामा दिई उनी राजनीतिमा आएकी हुन् ।
हिजोआज एक–दुईवटा गीतबाटै हिट हुने जमाना बढेको छ । संगीत नसिकी गायक–गायिका बन्न तम्सिनेहरू पनि कम छैनन् तर सबै यस्तै कोटीमा पर्छन् भन्न सकिँदैन । हल्का–हल्का ....गीत लिएर गायिकाका रूपमा देखापरेकी १७ वर्षीया श्रीशा कुँवर लामो समयको तयारीपछि गायन क्षेत्रमा प्रवेश गरेकी हुन् । ४ वर्षको उमेरदेखि गायिका शारदा क्षेत्रीसँग क्लासिकल गायन सिकिरहेकी श्रीशाले हल्का गीतको म्युजिक भिडियो पनि बनाएकी छिन् जसमा उनी आफै मोडलका रूपमा देखा पर्छिन् । पप तथा आधुनिक गीत गाउन रुचाउने कुँवर एल्बम निकाल्ने तयारी पनि गर्दैछिन् ।
म्युजिक एरेन्जर तथा गायक तुला पर्वतकी छोरी श्रीशा तारादेवी तथा अरुणा लामाका गीत सुन्न रुचाउँछिन् । इन्दिरा जोशी, आस्था बी एवं आस्था राउतको गायन शैलीबाट प्रभावित श्रीशा गायनलाई निरन्तरता दिने योजनामा छिन् ।