‘रंगहरूसित एकदिन’ कार्यक्रम सम्पन्न
आर्ट थेरापीले मानसिक रूपमा तनाव कम हुनुका साथै शरीरमा सकारात्मक सोच आउने कार्यक्रमकी संयोजक कलाकार कृपा श्रेष्ठले बताइन् ।
नेपाली सांगीतिक क्षेत्रमा महिला गीतकारहरूको संख्या बढ्दो छ । यसै सन्दर्भमा नूतन भुसालको दोस्रो गीति एल्बम नूतन–२ बजारमा आएको छ । यसमा उनको पहिलो एल्बममा जस्तै पप तथा आधुनिक शैलीका गीतहरू समावेश छन् । जम्मा ५ वटा गीत समाविष्ट एल्बम नूतन–२ मा दीपक शर्माको संगीत, जुना प्रसाईंको स्वर तथा उदयराज पौडेलको संगीत संयोजन छ ।
मन पर्छ मलाई, हीरा–मोती, तिमीलाई चोट लाग्ला भनी, ऋतुहरू भोगेको छु, पलपल बोलका यी गीतमा प्रेम सम्बन्ध र प्रकृतिप्रतिको मोह व्यक्त भएको छ जसलाई नूतनको मीठो स्वरले अझ सुन्दर बनाइदिएको छ । यो एल्बम भाइब्स क्रियसनले बजारमा ल्याएको हो ।