‘प्रतिबद्ध जोडी’
वैवाहिक सम्बन्ध मैत्रीपूर्ण बनाउन समानताको हिसाबले व्यवहार र सम्मान गर्नसक्नुपर्छ । सामाजिक कल्याणका लागि पनि त्यहाँबाट लगानी हुनुपर्छ ।
नेपाली सांगीतिक क्षेत्रमा महिला गीतकारहरूको संख्या बढ्दो छ । यसै सन्दर्भमा नूतन भुसालको दोस्रो गीति एल्बम नूतन–२ बजारमा आएको छ । यसमा उनको पहिलो एल्बममा जस्तै पप तथा आधुनिक शैलीका गीतहरू समावेश छन् । जम्मा ५ वटा गीत समाविष्ट एल्बम नूतन–२ मा दीपक शर्माको संगीत, जुना प्रसाईंको स्वर तथा उदयराज पौडेलको संगीत संयोजन छ ।
मन पर्छ मलाई, हीरा–मोती, तिमीलाई चोट लाग्ला भनी, ऋतुहरू भोगेको छु, पलपल बोलका यी गीतमा प्रेम सम्बन्ध र प्रकृतिप्रतिको मोह व्यक्त भएको छ जसलाई नूतनको मीठो स्वरले अझ सुन्दर बनाइदिएको छ । यो एल्बम भाइब्स क्रियसनले बजारमा ल्याएको हो ।