Successfully Copied

‘मिस इको इन्टरनेशनल २०१७’मा नेपालको प्रतिनिधित्व रोनाली अमात्यले गर्ने

अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०१७’मा नेपालको प्रतिनिधित्व रोनाली अमात्यले गर्ने भएकी छन् । इको इन्टरनेशनल लागि आधिकारिकता प्राप्त ग्रिन आर्ट मिडियाले शनिबार राजधानीमा एक कार्यक्रम बीच प्रतियोगी सार्वजनिक गरेको हो ।

अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०१७’मा नेपालको प्रतिनिधित्व रोनाली  अमात्यले गर्ने भएकी छन् । इको इन्टरनेशनल लागि आधिकारिकता प्राप्त ग्रिन आर्ट मिडियाले शनिबार राजधानीमा एक कार्यक्रम बीच प्रतियोगी सार्वजनिक गरेको हो । 

कार्यक्रममा मिडियाले अमात्यलाई ताज पहिराउादै ‘मिस इको इन्टरनेशनल २०१७’ लागि बाटो खुल्ला गरेको हो । मिस इको २०१६ की बिजेता नंग्मा श्रेष्ठले अमात्यलाइ क्राउन लगाई दिएकी थिइन् । 

अमात्यले शनिबार राजधानीमा आयोजित प्रारम्भिक चरणको छनौटमा तीन दर्जन प्रतियोगीलाई पछि पार्दै ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’ को क्राउन जितेकी हुन् । छनौट चरणको निर्णायकमा अभिनेत्री तथा मिस नेपाल श्रृष्ठी श्रेष्ठ, मिस इको इन्टरनेशनल २०१६ नग्मा श्रेष्ठ, अभिनेता मनोज आरसी लगायत रहेका थिए ।

थापाथलीकी २१ बर्षीया रोनाली  मोडल हन्ट नेपाल २०१६ की बिजेता पनि हुन् । मिस इको इन्टरनेशनल २०१७ आगामी अप्रिलमा इजिप्टमा आयोजना हुदैछ । ८० राष्ट्रका सुन्दरीहरुको सहभागीता रहने उक्त प्रतियोगीतामा नेपालको यो तेस्रो सहभागीता हो । यस अगाडी २०१५ मा प्रिन्शा श्रेष्ठ र २०१६मा नग्मा श्रेष्ठाले सहभागीता जनाएका थिए । 

यो प्रतियोगतिामा नेपाल लगायत अन्य मिस इको टुरिजम र बातावरणलाई मुख्य बिषय बनाएर २०१५ देखि आयोजना हुदै आएको सौदर्य प्रतियोगीता हो । प्रर्यावरण र संस्कृतीलाई अन्तराष्ट्रिय नेटवर्क मार्फत सुचना प्रवाह गर्न यो प्रतियोगीताको आयोजना हुदै आएको ग्रीन आर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले बताइन् । 

तस्विरहरु : महेश प्रधान 

 Image