परिपक्व सम्बन्ध
खुल्ला प्रतिस्पर्धाबाट पहिलो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा प्रमुख कार्यकारी निर्देशक बनेका मोहनप्रकाश चन्दको दाम्पत्य जीवन बडो रसिलो र कसिलो छ ।

हालै जर्मनीमा राइगरबिगोनियन हाइब्रिड निकालिएको छ । उपयुक्त वातावरण पाए यो फूल वर्षभरि फुल्छ । यसको पात गोलाकार एवं रंग कत्था मिसिएको हरियो हुन्छ । बिरुवा ३० सेन्टिमिटरसमम अग्लो हुन्छ । यसको बिरुवा सघन रूपमा बढ्छ । यसको फूल शीतकालमा पनि फुल्छ तर धेरै चिसोबाट विरुवालाई बचाउनुपर्छ ।
फूल प्रकृतिको अनुपम उपहार हो । सौन्दर्य पर्याय फूलको कुरा गर्दा बेगोनिया सेम्पर फ्लोरेन्स लोकप्रिय छ । बेगोनियाको विरुवा साना हुन्छन् । त्यसैले यसलाई गमलामा रोपिन्छ । यसको बिरुवा हरियो हुन्छ । यो समय भएपछि ढकमक्क फुल्ने बहुगुणी बिरुवा हो । यो सजिलै उमार्न सकिने तथा हेरचाह गर्न पनि खासै गाह्रो नहुने हुँदा नेपाली बगैंचाहरूमा प्रशस्त देखिन्छ ।
बेगोनियाका बिरुवा एवं फूल आकर्षक हुन्छन् । यसमा गुलाबी, सेतो, रातो तथा कलेजी फूल फुल्छन् । गुच्छामा फुल्ने भएकाले यो निकै मनमोहक देखिन्छ । यो बिरुवालाई क्यारीको बोर्डर एवं गमला दुवैमा रोप्न सकिन्छ । यकसो हाइब्रिड जाति आरगेन्डी मिश्रण तथा थाउरेन्ड वन्डर निकै प्रचलित छन् ।
हालै जर्मनीमा राइगरबिगोनियन हाइब्रिड निकालिएको छ । उपयुक्त वातावरण पाए यो फूल वर्षभरि फुल्छ । यसको पात गोलाकार एवं रंग कत्था मिसिएको हरियो हुन्छ । बिरुवा ३० सेन्टिमिटरसमम अग्लो हुन्छ । यसको बिरुवा सघन रूपमा बढ्छ । यसको फूल शीतकालमा पनि फुल्छ तर धेरै चिसोबाट विरुवालाई बचाउनुपर्छ ।
बिरुवाको प्रसारण
यसलाई कटिङ तथा बीउ दुवैबाट उमार्न सकिन्छ । यसलाई बालुवाको माथिल्लो भागमा छरेर रोपिन्छ । अर्धछायामा यो राम्रोसँग उम्रन्छ । बीउलाई कुनै प्रकारको माटोले ढाक्नुहुँदैन । पानी पनि धेरै प्रयोग गर्नुहुँदैन । सुख्खा भए पानी छर्कनुपर्छ । यो हाँगा तथा पातहरूको कटिङ गर्दै जाँदा सप्रन्छ । १५ सेन्टिमिटर पुगेपछि यसको नियमित कटिङ गर्नुपर्छ । फूलको कोपिला लागेपछि तरल मल हाल्नुपर्छ । फूल फुलेको मगलालाई चिसो ठाउँमा राख्दा फूल लामो समयसम्म ताजा रहन्छ । फूल फुलिसकेपछि नयाँ बिरुवा रोपी पुरानो विरुवा फ्याक्नुपर्छ ।
नयाँ बिरुवा कटिङ गरी रोप्ने हो भने १० सेन्टिमिटर लम्बाईको हुनुपर्छ । बढ्दै गएपछि यसलाई गमलामा सार्नुपर्छ । २५ सेन्टिमटिरको भएपछि यसलाई स्थानान्तरण गर्नुपर्छ र कटिङ गरेर १५ सेन्टिमिटर कायम राख्नुपर्छ । वर्षामा धेरै पानीबाट बचाउनुपर्छ । यो बिरुवाका लागि आधा भाग सडेको पात तथा आधा भाग माटो र मसिनो बालुवाको मिश्रण उपयुक्त मानिन्छ ।
पेपरोमिया
पेपरोमिया अनेक प्रकारका हुन्छन् । तीमध्ये पनि केही जाति आकर्षक तथा वाटिका प्रेमीहरूका लागि उपयुक्त हुन्छन् । त्यसमा पेपरोमिया मेगनोलियाफोलिया, पेपरोमिया केपिराटा, पेपरोमिया हेड्राफोलिया र पेपरोमिया सेन्डरसी प्रमुख छन् । यो अलंकृत एवं सुन्दर पातले भरिएको सानो विरुवा १२ इन्चसम्म अग्ला र सघन हुन्छन् । यसको हाँगा लचिलो हुन्छ । कुनै–कुनै मांसल विरुवाजत्तिकै मोटा हुन्छन् । यसका पात अण्डाकार तथा पान समान हुन्छन् ।
पेपरोमिया केपिराटा
यसको पात पानको पातजस्तै गाढा हरियो हुन्छ । पातमा गाढा धार हुन्छन् । यसले विरुवालाई थप सुन्दर बनाउँछ ।
पेपरोमेनिया हाइड्राफोलिया
यसका पात अन्य विरुवाको भन्दा सघन र हलुका रंगका हुन्छन् । यसलाई सजिलै उमार्न सकिन्छ । यो विरुवा सानो हुन्छ । यसमा हरियो रंगको फूल फुल्छ ।
पेपरोमिया सन्डरसी
चिल तथा गाढा रंगका पातमा धर्साहरू हुन्छन् । यो प्रचलित जातिमध्ये एक हो । यसका लागि माटो चिसो राख्नुपर्छ । शितकालमा यसमा धेरै पानी हाल्नु हुँदैन ।