दराजमा महिला
नेपालको ‘अनलाइन’ बजारमा ‘दराज’ कम्पनी चार वर्षयता सञ्चालनमा छ । ‘अनलाइन सपिङ’ गर्नेहरूका लागि यो कम्पनी राम्रो प्लेटफर्म बनेको छ । ग्राहकहरूको आवश्यकतानुसार कम्पनीले आफ्नो बजार विस्तार गर्दै लगेको छ ।

प्रतिभावान् बाल प्रतिभा मुल्यांकन तथा छनौटको अन्तर्राष्ट्रिय बाल सौन्दर्य एवं प्रतिभा मापनको प्रतियोगिता ‘प्रिन्स एण्ड प्रिन्सेस् अफ द युनिभर्स २०१७’मा नेपालका तर्फबाट रक्षा थापाले प्रतिनिधित्व गर्ने भएकी छिन् । आगामी जनवरी ४ देखि ९ तारिखसम्म रसियामा संचालन हुने सो प्रतियोगिताका लागि १६ वर्षिया रक्षा आउँदो साता त्यसतर्फ प्रस्थान गर्दैछिन् । काठमाडौंको सेन्ट जेभियर्समा कक्षा ११ मा अध्ययनरत रक्षा लिटिल मिस वल्र्ड नेपाल प्रतियोगिताका फाइनलिष्ट पनि हुन् ।
उक्त अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको नेपालका लागि राष्ट्रिय निर्देशक तथा नेपालको आयोजक संस्था हाउस अफ इभेन्ट्सका इन्दिरा डंगोलका अनुसार प्रिन्स एण्ड प्रिन्सेस् अफ द युनिभर्स संस्कृति र पर्यटन मार्फत् विश्व माझ आफ्नो देशको परिचयन गराउने उद्देश्यले आयोजना हुँदै आएको प्रतिस्पर्धा हो । यस पटकको संस्कारणमा विश्वका १३ मुलुकका २७ जना सहभागीहरुवीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको ग्राण्ड फिनाले रसियास्थित मस्को होटल कोरस्टोनमा आगामी जनवरी ८ मा संचालन हुनेछ ।