म को हुँ?
समाजमा हामीलाई हेर्ने नजर नराम्रो । चिताउँछन् कुभलो, के दोष छ र हाम्रो ?

नर्सिङ पेशामा आबद्ध भएका र हुन चाहने युवतीहरुको सौन्दर्य एवं बौद्धिकताको प्रतियोगिताका रुपमा विगत तीन वर्षदेखि आयोजना हुँदै आएको ‘मिस नर्स नेपाल’ प्रतियोगिताको चौथौं संस्करणको तयारी अगाडि बढेको छ । नेपाल ब्रेस्ट क्यानसर फाउन्डेसनको सहकार्यमा नेक्स्ट मोडल्स नेपालले यस पटकको संस्करणलाई ब्रेस्ट क्यानसर सम्बन्धी सचेतनामा केन्द्रित रहने जनाइएको छ । साथैं प्रतियोगिता मार्फत् स्वास्थ्य परिचारिकाहरुलाई नर्सिङ पेशाप्रति थप जिम्मेवार, समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउन ‘मिस नर्स नेपाल’ आयोजन गर्न लागिएको आयोजक संस्थाले उल्लेख गरेको छ ।
मिस नर्स नेपालमा सहभागिताका लागि इच्छुक युवतीले नर्सिङ कलेजमा कम्तीमा एक वर्षदेखि अध्ययनरत रहेको हुनुपर्ने, आवेदन दिने मितिसम्म २६ वर्ष उमेर ननाघेको हुनुपर्ने र उचाई कम्तीमा ५ फिट हुनुपर्ने मापदण्ड तोकिएको छ । यो प्रतियोगिताको प्रशिक्षण अवधिमा प्रतियोगिले व्यक्तित्व विकास, शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटो सेसन, महिला सशक्तिकरण, सञ्चारकला विकास लगायतका विषयमा तालिम प्राप्त गर्नेछन् भने अन्तिम स्पर्धाबाट मुख्य तीन उपाधि सहित अन्य विविध विधामा सहभागीलाई पुरस्कृत गरिने जनाइएको छ ।