अनु अनमोल क्षेत्री
बाल्यावस्थादेखि नै म राम्रो नृत्य गर्थें, अभिनयमा पनि रुचि थियो । यो मेरो ‘प्यासन’ नै थियो । म त्यही कला र शक्ति लिएरै हुर्किएँ । रुचिकै कारण म यो क्षेत्रमा प्रवेश गरेकी हुँ ।

मेलिना राई गायिका
कम्मरमाथि पटुकी गीत धेरैले रुचाएपछि गायिका मेलिना राईले गायनलाई पेसाका रूपमा अघि बढाएकी हुन् । त्यसअघि गीत गाए पनि उनी स्कुलमा नृत्य प्रशिक्षकका रूपमा कार्यरत थिइन् । आफ्नै बुबा गायन सिकाउने गुरु भएका कारण मेलिनाले सानैदेखि संगीतमा लाग्ने अवसर प्राप्त गरिन् । उनको पहिलो प्लेब्याक गीत नोभेम्बर रेनको पलभरमै खुसी थियो । मेलिनाले गाएका शिरैमा शिरबन्दी, तिमीले बाटो फेर्यौ रे, रीतिको डोरी आदि गीत चर्चित छन् ।
वन्दना श्रेष्ठ, मोडल
प्लस टु पूरा गरेर बसेकी वन्दना फोटो सेसन गर्न सार्है मन पराउँछिन् । त्यसैले पनि उनी बढी फोटोसुटमै रमाउँछिन् । विभिन्न इभेन्ट तथा पेपर एडहरूमा व्यस्त वन्दना अब भने म्युजिक भिडियोमार्फत दर्शकसामु आउने तयारीमा छिन् । आमाबुवाको सपना पूरा गर्न वन्दना मिस एसएलसी–२०१४ मा समेत सहभागी भइन् । त्यसमा उनले मिस पपुलरको अवार्ड हात पारेकी थिइन् ।
अस्मिता गौतम, मोडल
डेढ वर्षदेखि मोडलिङमा सक्रिय अस्मिता गौतम एसएलसी प्रिन्सेस पनि हुन् । डेढ दर्जन र्याम्पमा हिँडिसकेकी गौतमले सुजुकी, सामसुङ आदिको विज्ञापनमा अभिनय गरिसकेकी छिन् । विभिन्न पत्रपत्रिकाका लागि फोटोसुट गराइसकेकी अस्मिताले भर्खरै जर्मनीको एक क्यालेन्डरका लागि फोटोसुट गराइन् । केहीअघि भारतीय फोटोग्राफरसँग फोटोसुट गराएकी अस्मिता र्याम्प तथा फोटोसुटमै रमाउँछिन् । कामअनुसार आकर्षक पारिश्रमिक पाइने भएकाले र्याम्पप्रति आफ्नो रुचि बढेको अस्मिता बताउँछिन् ।
संयोजन : सिर्जना दुवाल श्रेष्ठ
तस्बिर : महेश प्रधान
मेकअप तथा हेयर : इच्छा कार्की, द ब्युटीबार, नक्साल
पहिरन : पिजेड कलेक्सन, सिभिल मल, दोस्रो तल्ला तथा कुमारीपाटी
लोकेसन : द ब्युटी बार, फोर स्क्वायर बिल्डिङ, ब्लक बी, चौथो तल्ला, नारायणचौर नक्साल