‘स्वस्थ रहन शरीर सन्तुलन हुनु जरुरी’
खाना र स्वास्थ्य एक–अर्काका परिपूरक हुन् । हामीले जस्तो खाना खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ । तसर्थ शारीरिक र मानसिक स्वास्थ्यका लागि स्वस्थ खाना एकदमै जरुरी हुन्छ ।

गत शुक्रबार श्रीलंकास्थित बेरुवाला समुद्री तटनजिकै सम्पन्न हेरिटेज प्याजेन्टको तेस्रो संस्करणमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने आश्रा कुावर पिस एम्बेसडर तथा सृजना पुन मिस टिनतर्फ टुरिजम एम्बेसडरको अवार्ड जित्न सफल भए । प्रतिस्पर्धामा आश्राले इन्भाइरोमेन्टल एम्बेसडर अवार्डतर्फ सिल्भर मेडल पनि हात पारिन् भने सृजना पुनले आफ्नो उमेर समूहअन्तर्गत कल्चरल ड्रेस तथा इन्भाइरोमेन्टल ड्रेस तर्फ क्रमश: सिल्भर तथा ब्रोन्ज मेडल जितेकी छिन् । मिसेज समूहतर्फ सहभागिता जनाएकी मन्जु बन्जारा ढकालले भने आफ्नो उमेर समूह अन्तर्गतको इन्भाइरोमेन्ट एवं टुरिजम ड्रेसतर्फ गोल्ड मेडलमा सफलता हात पारिन् । यसै गरी मन्जुले इन्भाइरोमेन्टल एम्बेसडर तर्फ सिल्भर तथा वेष्ट टुरिजम भिडियो एवं कल्चरल एम्बेसडर तर्फ ब्रोन्ज मेडल हात पारिन् ।
इभिनिङ गाउन, नेसनल फ्ल्याग ड्रेस एवं नेसनल कस्ट्युम राउन्ड गरी तीन चरण सम्पन्न गरी प्रश्नोत्तर चरणको मूल्यांकनपछि विजेता चयन गरिएको उक्त प्रतिस्पर्धा ई प्लानेट प्रा.लि.को आयोजना तथा नेपालका कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न भएको थियो । ग्राण्ड फिनालेमा ट्रिनिडाड एन्ड टोबागोका जेनिली थोङ मिस हेरिटेज, जिम्बाबेकी हिलारी मकाया मिस टिन हेरिटेज तथा म्यानमारकी जेड पेडल मिसेज हेरिटेज इन्टरनेसनल–२०१६ का विजेताका भए ।
प्रतियोगितामा दक्षिण अफ्रिकाकी रेबेका र रसियाकी युलियाना पोपोभिच मिस समूहबाट क्रमश: फस्ट तथा सेकेन्ड रनर अप चयन भए भने तान्जानियाकी सेसेलेर गडफ्री एवं म्यानमारकी एइ थिन्जार म्यो टिन समूहबाट क्रमश: फस्ट तथा सेकेन्ड रनर अप घोषित भए । यसैगरी ट्रिनिडाड एन्ड टोबागोकी क्यारी एन तथा भारतकी मृनाल गायकवाड मिसेज समूहतर्फ क्रमश: फस्ट तथा सेकेन्ड रनरअप भए ।