Successfully Copied

दुलहीका लागि मुस्कान

धूम्रपान र मद्यपानबाट टाढै रहनुपर्छ । विवाहअघिका दिनहरूमा तनावबाट बच्ने तथा पूरा निद्रा लिने कुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ । बोतलको बिर्काे वा प्लास्टिक प्याकिङ दाँतले खोल्नुहुँदैन ।

विवाहको दिन सुन्दर देखिने सपना हरेक युवतीमा हुन्छ । सुन्दरता वृद्धिमा पहिरन, मेकअप, ज्वेलरीका साथमाको विशेष भूमिका हुन्छ । विवाहका दिन दुलहीको मुस्कानले नै उनको सुन्दरतामा निखार ल्याउँछ । मुस्कानमा अपिल छैन भने लजाएजस्तो मात्र देखिन्छ तर अपिल पनि छ भने अनुहारमा त्यत्तिकै सुन्दरता छाउँछ । यसले आत्मविश्वास बढाउँछ भने डर पनि कम हुँदै जान्छ । मुस्कानमा त्यो अपिल तब मात्र जाग्छ जब दुलहीको दाँत मोतीजस्तै चम्कन्छ ।

दाँत पहेंला वा बांगाटिंगा भए दुलही जति राम्री भए पनि त्यसमा खोट देखिन्छ । त्यसैले केही कुरामा ध्यान दिन सकियो भने दाँत सेता र चम्किला देखिन्छन् । सबैभन्दा पहिले दाँतमा दाग नरहोस् भनेर खानपानमा ध्यान दिनुपर्छ । खाने बेलामा दाग लाग्ने कुनै पनि खाना खानुहँुदैन । चिया, कफी, चेरी, चकलेट आदि खाएपछि दाँत माझिहाल्नुपर्छ । दाँतमा टाँसिने खानाबाट टाढै रहनु वेश हुन्छ । त्यस्ता खाना खाँदा फिलिङ गरिएको दाँत भए निस्कने सम्भावना हुन्छ ।

सासमा दुर्गन्ध ल्याउने प्याज एवं लसुन सेवन गर्नुहुँदैन । विशेषगरी विवाहको दिन यी कुरामा ध्यान दिनुपर्छ । जुनसुकै खाना खाइसकेपछि पानीले कुल्ला गर्नुपर्छ । साँझ डिनर पछि मिन्ट वा माउथ फ्रेसनरको साटो सुगरलेस बबरगम्स जस्तै ओर्बिट, हेपिडेन्ट आदि मुखमा राख्नुपर्छ जसले सासलाई ताजा राख्छ । कतिपयमा र्‍याल कम हुने समस्या पनि हुन्छ । र्‍याल कम भयो भने दाँत दुख्न, सुन्निन र दुर्गन्धित हुन सक्छ । यसरी मुख सुख्खा भयो भने मज्जाले पानी पिएर सुगरलेस चुइँगम चपाइरहनुपर्छ । 

धूम्रपान र मद्यपानबाट टाढै रहनुपर्छ । विवाहअघिका दिनहरूमा तनावबाट बच्ने तथा पूरा निद्रा लिने कुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ । बोतलको बिर्काे वा प्लास्टिक प्याकिङ दाँतले खोल्नुहुँदैन । ओठमा लिपिस्टिक खाली नहुने गरी लगाइरहने, यसले मुस्कानको चमक बढाउँछ । सुन्दर मुस्कान कायम राख्न दन्त चिकित्सकसँग सल्लाह लिन सके सुनमा सुगन्ध हुन्छ । 

दाँतको सफाइ : हरेक व्यक्तिले दाँतको सफाइमा ध्यान दिनुपर्छ त्यसमा पनि दुलहीका लागि त दाँतको सफाइको विशेष भूमिका हुन्छ । चम्किलो मुस्कानका लागि दाँत सफा हुनु जरुरी हुन्छ । विवाह हुनुभन्दा दुई हप्ताअघि दाँतको सफाइ गराउनुपर्छ । दाँतको सफाइका लागि ट्रे र लेजर्स जस्ता विधि उपलब्ध छन्। 

 

ब्रेसेज : ब्रेसेज धेरै वर्षसम्म लगाउनुपर्छ भन्ने मान्यता छ तर यो कुरा सत्य होइन । ६ महिनाभित्र नै राम्रो परिणाम आउने भएकाले दुलहीका दाँत मिलेका छैनन् भने ब्रेसेज लाभप्रद उपाय हो । 

प्रसाधन वेन्डिङ : प्रसाधन वेन्डिङ दाग, बिग्रिएको आदिलाई लुकाउने विकल्प हो । यो सीधै दाँतमा लगाइन्छ । यसले दाँतलाई अतिरिक्त सहारा पनि दिन्छ । 

(डा. रिना शाक्य, लुमन्ती डेन्टल क्लिनिक  पाटनढोका)

 Image