Successfully Copied

दुलहीका लागि आकर्षक केश

केश आकर्षक एवं बाक्लो भएन भने ब्राइडल हेयर स्टाइल राम्रो खुल्दैन । यसका लागि विवाहअघि आफ्नो केशको रेखदेख गर्ने र आकर्षक बनाउने उपाय अपनाउनुपर्छ ।

केश आकर्षक एवं बाक्लो भएन भने ब्राइडल हेयर स्टाइल राम्रो खुल्दैन । यसका लागि विवाहअघि आफ्नो केशको रेखदेख गर्ने र आकर्षक बनाउने उपाय अपनाउनुपर्छ । दुलही बन्ने हरेक युवतीका लागि आफ्नो केश कम आकर्षक हुनु र बाक्लो नहुनु ठूलै समस्या हो । 

दिनचर्या परिवर्तन

सबैभन्दा पहिले हप्तामा तीनपटक सल्फेटयुक्त स्याम्पु प्रयोग गर्नुपर्छ । सल्फेटयुक्त स्याम्पु लगातार प्रयोग गरे केशमा नोक्सान पुग्छ । यसले केशलाई सुक्खा बनाउँछ । त्यसैले केशको सफाइका लागि डिटरजिन्ट सल्फेन धेरै नभएको स्याम्पु छनोट गर्नुपर्छ । यसबाहेक केशमा नियमित कन्डिसनर प्रयोग गर्नुपर्छ । कन्डिसनरको प्रयोगले केश रेशमी तथा आकर्षक हुन्छ । केशमा सधै तेल लगाउनुपर्छ । तेलले केशलाई बलियो एवं चम्किलो मात्र बनाउँदैन, केशको वृद्धिमा पनि सहयोग गर्छ । जरामा पुग्ने गरी तेल लगाएर ५–१० मिनेटसम्म टाउकाको मालिस गर्नुपर्छ । केशका लागि ओलिभ, नरिवल वा तिलको तेल राम्रो मानिन्छ । तेल लगाएको एक घन्टापछि केश धुनुपर्छ । 

घरमै सुन्दरता

कर्ली केशका लागि अण्डा लगाउनु राम्रो मानिन्छ । अण्डामा हुने प्रोटिनले केशलाई बलियो बनाउँछ । एवोकाडो पनि लगाउन सकिन्छ, यसमा पर्याप्त मात्रामा फ्याट तथा भिटामिन ई हुन्छ । यी दुई चीज केशमा लगाएर सुक्न दिनुपर्छ । सुकेपछि धुँदा केश मुलायम हुन्छ । 

केश बलियो बनाउन घरमै पेस्ट बनाउन सकिन्छ । यसका लागि अदुवा, हिबिस्कस र तिलको तेल मिसाउनुपर्छ । घरमा अदुवाको टोनिक बनाउने र त्यसमा हिबिस्कसको पात हालेर रातभरि छाडिदिनुपर्छ । त्यसपछि यसमा तिलको तेल मिसाएर आयुर्वेदिक प्याक बनाउन सकिन्छ । यसलाई टाउकोमा लगाएर ४५ मिनेटपछि पखाल्नुपर्छ । राम्रो नतिजाका लागि यो प्रक्रिया हप्तामा २ देखि ३ पटकसम्म दोहोर्‍याउनु आवश्यक छ । 

रुट्स लाइट थेरापी

यो पूर्णरूपमा नयाँ विधि हो । यसमा निम्नस्तरीय प्रकाशको प्रयोगबाट केशको विकाससँगै त्यसलाई बाक्लो समेत बनाइन्छ । यो पीडारहित, साइडइफेक्टबाट मुक्त र उन्नत शैलीको उपाय हो । यो प्रविधिमा कम ऊर्जा दिने प्रकाश केशको जरासम्म प्रवेश गरी त्यसलाई उत्तेजित बनाउँछ । यसबाट केश बढ्न थाल्छ । एकपटक यो विधि प्रयोगमा ल्याउँदा कम्तीमा २० देखि ३० मिनेट समय लाग्छ ।

 Image