पुस महिनाको राशिफल
मेष : सोचेजस्तै सफलता पाउन काममा अलिक बढी खट्नुपर्नेछ । काम सकियो भन्ने बेलामा आकस्मिक बाधा आउँदा काममा समस्या हुनसक्छ । सकेसम्म महत्वपूर्ण कामलाई निर्धारित समयमै गर्दा ढुक्क भइनेछ ।

सुन्दर घरलाई त्यहा भएको सुन्दर बगैचाले पूर्ण गर्छ । तर, घरमा ठाउ अभावले कतिको बगैचा निर्माण गर्ने रहर अपुरै हुन्छ । यसका लागि विभिन्न विकल्प अपनाउन सकिन्छ । त्यसमा हैङगिङ गार्डेन उपयुक्त रहन्छ । सुन्दर बास्केटले बगैचाको रहर मात्र नभएर घर पनि सुन्दर बनाउछ । बालकोनी अथवा टेरेसलाई फरक ढङ्गबाट सिधा अथवा तल माथि गरेर रंगीविरंगी फूल रोप्न सकिन्छ । यसले घर नै आकर्षक बनाउछ । यो भन्दा पहिले हैङ्गिङ गार्डेन निर्माण गर्ने तरिकाका बारेमा जानकारी राख्नु भने आवश्यक हुन्छ ।
ह्याङगिङ गार्डेन बनाउने विधि
घरको वरिपरि तथा घर भित्र ह्याङगिङ गार्डेन बनाउन सकिन्छ । यसका लागि निम्न कुरामा ध्यान दिनु पर्छ :
ठाउँको छनोट
ह्याङगिङ गार्डेन बनाउनका लागि सबैभन्दा पहिले उपयुक्त स्थान चयन गर्नुपर्छ । सुर्यको किरण, हावा तथा चिसो सिधै पर्ने ठाउँ रोज्नु हुदैन । हल्का छाया पर्ने ठाउँ उपयुक्त हुन्छ । यसका लागि बाल्कोनिको छेउको भित्ता, झ्याल तिरको भाग, लगायत ठाउँ रोज्न सकिन्छ । साथै यसको उचाइमा पनि ध्यान दिनु पर्छ, उभिदा ठाउकोमा ठोकिने हुनुहुदैन । यसका साथै यसलाई बलियो गरि झुन्ड्याउनुपर्छ ताकि झर्ने डर नरहोस् । बास्केट लगाउने उपयुक्त ठाउँ –
घरको चारै तिर
ह्यागिङ बास्केटलाई घरको चारै तर लगाएर आफनो घरको सुन्दरता बढाउन सकिन्छ । विरुवा लगाउनका लागि सिङ्गल अथवा बडल बास्केट प्रयोग गर्नु पर्छ ।
मुख्य ढोका
घरको मुख्य ढोकाको दुबै तिर ह्यागिङक बास्केट राखेर आफनो घरको सुन्दरता बढाउन सकिन्छ । यसले अतिथिको स्वागतको आभाष समेत प्रदान गर्छ । यसका लागि सानो खालको विरुवा रोप्नु उपयुक्त हुन्छ ।
बरण्डा
आफ्नो इच्छा अनुसार बरण्डामा पनि ह्यागिङ बास्केट राख्न सकिन्छ । यसका लागि बरण्डाको तिनै तिर ह्यागिङ बास्केट राखेर न्याचुरल लुक दिन सकिन्छ ।
सेमी टेरेस
सेमी टेरेसका माध्यमबाट फ्ल्याटलाई अझ सुन्दर बनाउन सकिन्छ । यस्ता फ्ल्याटमा टेरेको माथिल्लो छतबाट झुण्डाएर ह्यागिङ बास्केट टाँग्न सकिन्छ ।
झ्यालमा
अरु भन्दा पृथक तथा सुन्दर घर बनाउनका लागि घरको झ्यालमा पनि ह्यागिङ बास्केट राख्न सकिन्छ । झ्यालमा मिडियम साइजका विभिन्न प्रकारका विरुवा रोपेर घरलाई अझ आकर्षक बनाउन सकिन्छ ।
बालकोनि
बास्केट गार्डनिङका लागि बालकोनि पनि उपयुक्त थलो हो । बालकोनिलाई सुन्दर बनाउन तथा आफ्नो बगैचाप्रतिको रुचि पुरा गर्नका लागि एकै साइजका फरक प्रकारका विरुवा लगाउन सकिन्छ । यसले बालकोनिको शोभा अझ बढाउछ ।
ह्यागिङ गार्डेनका लागि उपयुक्त विरुवा
ह्यागिङ गार्डेनका लागि सही प्रकारको विरुवा रोज्नु अत्यन्त आवश्यक हुन्छ । अन्यथा यसले घरको सुन्दरता नै कुरुप बनाउछ । बास्केट गार्डेनका लागि निम्न प्रकारका विरुवा रोज्न सकिन्छ ।
– बोस्टन फर्न
– पोठोस
– स्पाइडर प्लान्ट,
– इग्लिस आईबी
– क्रिसमस क्याक्टस
– फिशबोन क्याक्टस
– बेगोनिया
– जिरेनियम
ह्यागिङ गार्डेनका लागि केही टिप्स :
बास्केट गार्डेनका लागि कममा पनि १४ इन्चको बास्केटको प्रयोग गर्नु पर्छ । धेरै सानो बास्केटमा विरुवा छिटो सुक्छ ।
– आधा बास्केट प्रयोग गर्नका लागि २० इन्चको बास्केट प्रयोग गर्नु पर्छ ।
– बास्केटमा हल्का तथा विभिन्न प्रकारको माटो उपयुक्त हुन्छ ।
– बास्केटमा पानीको कमी हुन दिनु हुदैन ।
– सुख्खा भएका बास्केटलाई पानीमा भरिएको बाल्टीनमा डुबाएर पुन प्रयोगमा ल्याउन सकिन्छ ।
– समय समयमा बास्केटलाई घुमाउने । यसले गर्दा विरुवाको हरेक भागमा घामको प्रकाश पर्छ ।
– सिङ्गल बास्केटका साथमा डबल बास्केटको पनि प्रयोग गर्न सकिन्छ ।
बास्केटको रोजाइ
बजारमा धेरै प्रकारका ह्यागिङ बास्केट उपलब्ध छन् । बजेट अनुसार साधारण देखि डिजाइनदार सम्मका बास्केट लिन सकिन्छ । कोको फाइबर, माटो, फलाम आदि बाट बनेका बास्केटले आफनो घर सजाउन सकिन्छ ।
बिरुवा लगाउने तरिका
मास ग्रास र कोको पिट ग्रासलाई १० मिनेटजति पानीमा भिजाउने र फुलेपछि यसलाई बास्केटमा राख्ने । त्यसपछि माटो र मलको मिश्रण तयार गरेर राख्ने र बिरुवा अथवा बीउ रोप्ने । यसमा समय–समयमा गोबर, बोनमिल, निमको धूलो आदि राख्ने । यसले गर्दा बिरुवा हुर्किन सजिलो हुन्छ ।