अहिलेको आर्थिक मन्दीले जताततै असर
महिलाले घरपरिवार, समाज र व्यावसाय दुवै हेर्नुपर्ने र सन्तुलनमा राख्नुपर्ने भएकाले सहज छैन तर यसका बावजुद पनि अवसर नभएका होइनन् । आत्मनिर्भर हुन, एक्सपोजर पाउन, विदेशी संस्कृतिबारे थाहा पाउन यसले सघाएको पनि छ ।
पोखराको हङकङ ब्युटी इन्स्टिच्युटले बुधबार मलेसियाको क्लारा इन्टरनेसनले समन्वयमा स्पा तथा ब्युटी कलेज स्थापना गरेको छ । नेपालमै पहिलो पटक फ्रेन्चचाइजको रुपमा उक्त कलेज पोखरामा स्थापना गरेको प्रालिका अध्यक्ष मीना गुरुङले बताइन् । उक्त कलेजको उद्घाटन गर्दै क्लारा इन्टरनेसनल कलेजका सञ्चालक प्राडा डाटिन क्लाराले व्यक्तिको छाला र अनुहार सम्बन्धी राम्रो रेखदेख गर्न गुणस्तरीय सौन्दर्यका सामान र प्रयोग गर्ने विधि आवश्यक भएको बताइन् ।

गुरुङले क्लारा कलेजको सम्बन्धन प्राप्त ११ औं कलेजको रुपमा नेपालको एक मात्र कलेज पोखरामा फ्रेन्चचाइजीको रुपमा स्थापना गर्न सफल भएको बताउँदै उक्त कलेजले धेरै गुणस्तरीय ब्युटिसियन तथा थेरापिस्टहरु उत्पादन गर्ने दाबी गरिन् । ७४ वर्षीया क्लाराले नेपालमा आधुनिक र व्यावसायिक ब्युटिसियनको धेरै सम्भावना भएकोले आफूहरुले प्रक्रिया मिलाएर सम्बन्धन दिएको जनाइन् ।

प्रालिको ३० औं वार्षिकोत्सवको अवसरमा उक्त कलेजमा सञ्चालन गरिएको हो । क्लारा इन्टरनेसनलले ब्युटी कस्मेटिक सामान उत्पादन, ब्युटी सम्बन्धी मास्टर्स तथा पिएचडी सम्मको अध्ययन समेत गराउँदै आएको छ । विश्व बजारमा यसको माग बढेकोले आफूहरुले सम्बन्धन लिएर काम गर्न लागेको अध्यक्ष गुरुङले बताइन् । प्रालिमा १ सय जना प्रशिक्षार्थीहरु रहेको म्यानेजर प्रजित गुरुङले बताए ।

चाइना, बु्रनाई, बंगलादेश, अमेरिका, युएई, दुबई, भारत, हङकङ, म्यानमार, फिलिपिन्स लगायतका देशमा शाखाको रुपमा उक्त एकेडेमीले ब्युटिसियनको क्षेत्रमा काम गर्दै आएको छ । विगत ३० वर्षदेखि हङकङ ब्युटी इन्स्टिच्यूट संचालन गर्दै सयौं ब्युटिसियनहरु उत्पादन गर्दै आएकी गुरुङले ब्युटी पेसालाई अन्तर्राष्ट्रिय बजारसम्म लैजान र यसलाई अझ बढी आधुनिक तथा व्यावसायिक ढंगले अघि बढाउन मलेसियाको कलेजसँगको सहकार्यमा उक्त कलेज स्थापना गरेको बताइन् ।
