विशेषत: आफ्नो विवाहलाई पूर्ण बनाउने कुरामा युवतीहरू बढी सजग हुन्छन् तर विवाहपछि यसलाई कानुनी मान्यता दिने कुरामा उनीहरू उति चासो राख्दैनन् । यो विषय कानुनी मान्यतासँग मात्र जोडिएको नभएर भविष्यमा आइपर्ने भवितव्य तथा जटिल परिस्थितिमा कवचसरह काम गर्न समेत सहायक हुन्छ ।
विवाह रजिस्ट्ेरसन तथा विवाह दर्ता प्रमाणपत्र
हाम्रो मुलुकमा विवाहलाई कानुनी मान्यता प्रदान गर्न विवाह दर्ता प्रमाणपत्र लिइन्छ । विवाह दर्ता प्रमाणपत्र गाविस, जिविस वा नगरपालिकामा गएर आवश्यक कागजपत्र, फोटो र अन्य प्रमाणसहितको निवेदनका आधारमा हप्ता दिनभित्र प्राप्त गर्न सकिन्छ ।
विवाह दर्ताका लागि कागजपत्र
कोर्ट म्यारिज गरेको अवस्थामा आफ्नो क्षेत्रको गाविस, नगरपालिका कार्यालयमा गएर निवेदन दिनुपर्छ । कागजपत्र परीक्षणको एक महिनापछि सम्पूर्ण प्रक्रिया अन्त्य भएको खण्डमा विवाह दर्ता प्रमाणपत्र प्राप्त गर्न सकिन्छ ।
- विवाहको एक महिनाभित्र निवेदन दिइसक्नुपर्ने हुन्छ ।
- निवेदन दिँदाका बखत जोडीका अभिभावक तथा साक्षी आवश्यक हुन्छन् ।
- विवाहपछिको व्यस्तताका कारण रजिस्ट्ेरसन गर्न नपाएको खण्डमा ५ वर्षभित्र क्षमादानका साथ निवेदन दिन पाइन्छ जसका लागि प्रक्रिया भने पूरा गर्नैपर्छ ।
- यसका लागि श्रीमान्–श्रीमती दुवैको जन्म प्रमाण, स्थायी ठेगानाको प्रमाण, विवाहको सम्पूर्ण जानकारी, दुवैको पासपोर्ट साइजको फोटो, विवाहको निमन्त्रणा कार्ड आदि कागजपत्र पेस गर्नुपर्छ ।
- निवेदन दिएको एक हप्तादेखि तीन महिनाभित्र विवाह दर्ता प्रमाणपत्र प्राप्त गर्न सकिन्छ ।
थर परिवर्तनका लागि
हरेक महिलालाई आफ्नो जन्मसिद्ध थर सदा राखिरहने अधिकार छ यद्यपि विवाहपछि कतिपय महिलाले श्रीमान्को थर राख्छन् जसको कारण भविष्यमा कुनै विषयमा कानुनी झन्झट आइनपरोस् भन्ने पनि हो ।
- विवाह दर्ता प्रमाणपत्र प्राप्त गरिसकेपछि पायक पर्ने सम्बन्धित सरकारी कार्यालयमा गएर थर परिवर्तन गराउनुपर्छ ।
बैंक अकाउन्ट
विवाहपछि गर्नुपर्ने अर्को महत्वपूर्ण काम भनेको बैंक अकाउन्ट अपडेट गराउनु हो । यसमा आफ्नो थपिएको नाम–थरका साथै नयाँ ठेगानासमेत समेट्न सकिन्छ । बैंकमा नाम–थर परिवर्तन गराइपाऊँ भन्ने फर्म उपलब्ध हुन्छ । उक्त फर्म भरी विवाह दर्ता प्रमाणपत्रको फोटोकपीसहित बैंकमा बुझाउनुपर्छ । ठेगाना परिवर्तन गर्न आफ्ना श्रीमान्को राहदानीको फोटोकपी र ठेगाना उपलब्ध गराउनुपर्छ ।
राहदानी
यो सबैभन्दा बलियो कानुनी प्रमाण हो तसर्थ पुरानो राहदानी अपडेट गर्न राहदानी रि–इस्युका लागि निवेदन दिनुपर्छ ।
- यसका साथ विवाह दर्ता प्रमाणपत्र, सक्कली राहदानी, राहदानीको फोटोकपी तथा श्रीमान्को राहदानीको फोटोकपी पेस गर्नुपर्छ ।
आर्थिक कागजपत्र
विवाहपछि आफ्नो फाइनेन्सियल डकुमेन्ट्स अर्थात् इन्भेस्टमेन्ट्स, इन्स्योरेन्स, ऋण आदि डकुमेन्ट्स पनि अपडेट गर्नुपर्छ ।
- इन्भेन्टमेन्ट्समा म्युचल फन्ड, पोस्ट अफिस, डेबिड वा क्रेडिट कार्ड, शेयर आदिका प्रमाणपत्र पनि अपडेट गर्नुपर्छ ।
- व्यक्तिगत वा घरकर्जामा थर परिवर्तन गर्नुपर्छ ।
- लाइफ इन्स्योरेन्स, मेडिक्लेम आदि पनि अपडेट गर्नुपर्छ ।
- अरु कसैको इन्स्योरेन्स पोलिसीमा साक्षी भए त्यसलाई पनि अपडेट गर्नुपर्छ र आफ्नो परिवर्तित थर राख्नुपर्छ । यसका लागि विवाह दर्ता प्रमाणपत्र तथा श्रीमान्को रेसिडेन्सियल प्रुफको आवश्यकता पर्छ ।
मतदाता प्रमाणपत्र
यो एउटा महत्वपूर्ण परिचयपत्र हो । विवाहपछि नेम करेक्सनको फर्म भरेर आफ्नो थर परिवर्तन गर्न सकिन्छ भने आफ्ना श्रीमान्को परिवारतर्फको इलेक्टोरल रोलमा आफ्नो नाम सिफारिस गरी मतदाता परिचयपत्र सुनिश्चित गर्नुपर्छ ।