अनु अनमोल क्षेत्री
बाल्यावस्थादेखि नै म राम्रो नृत्य गर्थें, अभिनयमा पनि रुचि थियो । यो मेरो ‘प्यासन’ नै थियो । म त्यही कला र शक्ति लिएरै हुर्किएँ । रुचिकै कारण म यो क्षेत्रमा प्रवेश गरेकी हुँ ।
मौसम परिवर्तनसँगै घरपालुवाको रेखदेखमा पनि परिवर्तन ल्याउनुपर्ने हुन्छ । चिसोका कारण घरपालुवामा विभिन्न किसिमका समस्या देखा पर्छन् । स्वास्थ्यका कतिपय समस्या जाडो महिनामा मात्र देखिन्छन् । जाडो महिना सुरु हुनुअघि जसरी हामी आफ्ना लागि न्याना ओढ्ने, ओछ्याउने तथा पहिरनको प्रबन्ध मिलाउछौं त्यसैगरी घरपालुवाका लागि पनि न्यानो वासस्थान, लुगा तथा ताजा खानेकुराको व्यवस्था गर्नुपर्छ ।
साना तथा पाका उमेरका घरपालुवाको स्याहार चुनौतीपूर्ण हुन्छ । हुन त प्रकृतिले प्रत्येक जनावरलाई चिसोबाट जोगिन त्यहीअनुरूपको क्षमता प्रदान गरेको हुन्छ । यद्यपि घरपालुवा जनावरमा चिसोसँग लड्ने क्षमता कम हुन्छ । त्यसैले पनि जाडोमा घरपालुवाको रेखदेखमा विशेष ध्यान पुर्याउनु आवश्यक छ ।
जाडोमा घरपालुवा जोगाऔं
घरपालुवालाई जाडोमा हुने समस्या
(डा.शरद सिंह यादव, एडभान्स्ड पेट हस्पिटल, विशालनगर, काठमाडौं)