रोहिणी–गौरवको फिट जोडी
भारत अजमेरकी रोहिणी (डली) राणा र नेपालका ‘आर्मीम्यान’ गौरव शमशेर जबरा ४५ वर्षअघि प्रणयसूत्रमा बाँधिएका हुन् । पारिवारिक जमघटकै बीच भेट हुँदा एक–अर्कालाई मन पराएका हुन् ।

सृष्टि श्रेष्ठ, पूर्व मिस नेपाल तथा नायिका
हिजोआज केमा व्यस्त ?
अहिले रेसम फिलिली प्रोडक्सनको रोमियो एन्ड मुनाको वर्कसपमा व्यस्त छु ।
त्यसो भए नेपालमा एक्लै बसेर चलचित्र क्षेत्रमै लागिरहने पक्का भयो ?
मिस नेपाल भएपछि मलाई आफ्नै देशमा बसेर केही गर्नुपर्छ भन्ने लाग्यो । ममा सानैदेखि अभिनय गर्ने रहर थियो । उक्त रहर पूरा गर्न मण्डला थिएटरमा सुनील पोखरेलसँग अभिनय सिकें । ह्याम्लेट नाटकमा अभिनय गरेपछि प्राप्त भएको आत्मसन्तुष्टिले अभिनयलाई नै निरन्तरता दिने चाहना तीव्र भयो।
यो क्षेत्र कस्तो लाग्यो त ?
सोचेभन्दा निकै राम्रो पाएँ । मैले मिस नेपाल हुँदादेखि नै आफूलाई माया गर्ने अनि मेरो अभिनय रुचाउने दर्शकहरू पाएकी छु । ह्याम्लेटदेखि गाजलुसम्मको यात्रामा निकै सकारात्मक अनुभव सँगालेकी छु ।
सुरुमै राम्रो नाटकमा अभिनय गरेपछि चुनौती बढेजस्तो लागेन ?
त्यो चुनौती त थपिएकै छ । एउटा काम राम्रो भएपछि अझ राम्रो गर्नुपर्छ भन्ने दबाबले नै त अघि बढ्न सहयोग गर्छ नि, होइन र ?
बेलायतवासी परिवारले उतै आउन कर गरेको छैन ?
परिवार उतै भएकाले यतै आऊ सँगै बसौं भन्नु स्वाभाविक हो । यद्यपि मेरो अभिनयप्रतिको मोह देखेर परिवारले पनि आफ्नो इच्छानुसार चल्ने स्वतन्त्रता प्रदान गरेको छ । चाडपर्वमा भने परिवारसँग नहुँदा केही खल्लो हुँदो रहेछ ।
भविष्यको योजना के छ ?
चलचित्र एवं रंगमञ्च क्षेत्रमा राम्रोसँग लाग्ने र देशमै केही गर्ने ।
मनपर्ने कलाकार ?
अर्पण थापा, दयाहाङ राई, सौगात मल्ल, कामेश्वर, ऋचा शर्मा तथा प्रियंका कार्की ।
सौगात मल्लसँगको सम्बन्धका बारेमा बजारमा विशेष चर्चा छ नि ?
मण्डला थिएटरमा कक्षा लिँदा उनी पनि आउँथे । म उनको सिर्जनात्मक क्षमताबाट प्रभावित थिएँ । ह्याम्लेटमा सँगै अभिनय गरेपछि हामी मिल्ने साथी भयौं । बाहिर हल्ला चलेजस्तो सम्बन्ध चाहिँ विकसित भैसकेको छैन । भोलिको कुरा त के थाहा र ?