विषाक्त खाद्यले घरपालुवालाई समस्या
चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।

जयन्तीमाला चापागार्इं (आईटी स्पेसलिस्ट तथा संस्थापक, स्पाइकर सल्युसन, नयाँ बानेश्वर)
विवाह के हो ?
दुईजनाले आफ्नो जीवन सँगै बिताउन गरिने संकल्प ।
सम्बन्ध सुमधुर राख्न केले मुख्य भूमिका खेल्छ ?
माया, विश्वास अनि एक–अर्काको भावनाप्रति सम्मानजनक व्यवहार ।
विवाह नामक संस्थाभित्र युवापुस्ताले बढी नै स्वतन्त्रता खोज्छ भनिन्छ, यो कत्तिको जायज हो ?
स्वतन्त्रता वैवाहिक जीवनका लागि अत्यावश्यक कुरा हो । विवाहका कारण कोही पनि बाँधिएर बस्न सक्दैनन् र चाहँदैनन् पनि । आवश्यक र उचित स्वतन्त्रता आवश्यक हुन्छ । सही र गलत आफैंले छुट्याउने हो जुन ज्ञान आफैंभित्र हुनुपर्छ ।
आधुनिक युवाहरू वैवाहिक जीवनलाई कसरी अघि बढाउनुपर्छ भन्ने चाहना राख्छन् ?
एक–अर्कामा विश्वास, भावनाको कदर, आपसी काम एवं व्यक्तिगत चाहनाको सम्मान गर्दै अघि बढ्न पाइयोस् भन्ने चाहना हुन्छ ।
के कारण वैवाहिक जीवन धरापमा पर्ने सम्भावना बढ्छ ?
एकले अर्कालाई तल राख्नुपर्छ भन्ने सोच, घटी र बढीको प्रतिस्पर्धा तथा एक–अर्कामा तुलना गर्ने प्रवृत्तिले गर्दा वैवाहिक जीवन बिग्रने सम्भावना बढ्छ ।