रोसा श्रेष्ठ,संस्थापक अध्यक्ष, हार्माेनी केयर, बाँसबारी
एक महिनाअघिसंचानलमा आएको हार्मोनी केयर वृद्धवृद्धाहरूको सेवाको भावले संचालनमा आएको संस्था हो ।सहरको व्यस्त जीवनशैलीका कारण बुढेसकालमा राम्रो रेखदेख नपाएका तथा रोगी जेष्ठ नागरिकको सेवा गर्ने उद्देश्यका साथ उपत्यकामा सुरू भएको हार्माेनीमा अहिले, रेसिडेन्सियल, डे केयर, फिजियोथेरापीजस्ता कोर्ष पनि गराइन्छ । भर्खरै संचालनमा आएको भएपनि यहाँभिजिट गर्नेदेखि लिएर सेवाका लागि आउनेको संख्या बढ्दोक्रममा छ । हार्मोनीले नर्सिङ ट्ेरनिङ प्रदान गर्नुका साथै होम केयरका लागि आफैंले उत्पादन गरेका नर्सहरू सेवामा खटाउँछ । इन्टर्न संस्थामा नै गराएपनि कामका लागि भने घरसम्म पठाइन्छ ।
![](http://assets-cdn.ekantipur.com/images/nari/miscellaneous/13112016052024IMG_6717.JPG)
पारिवारिक वातावरणमा अशक्त तथा वृद्धाहरूलाई योग, मसाज, नर्सिङ सेवा प्रदान गरिन्छ । सबैलाई कुरा बुझ्न सजिलो तथा उपचारमा सहजता होस् भनेर कन्सल्टेन्टहरू पनि राखिएका छन् । हार्माेनीको मुख्य लक्ष्य व्यस्तताका कारण बुबाआमाको राम्रो रेखदेख नपाइरहेकाहरूका आमाबुबालाई सेवा प्रदान गर्नु हो । संस्थाको लक्षित समूह वृद्धवृद्धा नै भएपनि कोही हेरचाह आवश्यक भएका जुनसुकै उमेरका बिरामीले संस्थाको सेवा लिन सक्ने रोसा बताउँछिन् ।
![](http://assets-cdn.ekantipur.com/images/nari/miscellaneous/13112016052001IMG_6553.JPG)
भनिन्छ, मानिस यसै पनि दुई दिनको पाहुना हो । बुढेसकालमा झन मानिसहरूलाई सहाराको खाँचो पर्छ । तर, अहिलेको मानिसमा बढ्दै गइरहेको व्यस्तताले उपयुक्त खालको सेवा र केयर आफ्ना घरका बुबाआमालाई दिन सकिरहेका हुँदैनन् । जसकारण, नेपालमा कैयौं आमाबुबाहरू सन्तानको हेरचाह नपाएर डिप्रेसनमा जाने, रोगलाग्ने र जीवनदेखि नै हार मानेर जीवनको अन्तिम घडी कुरेर बसिरहेका हुन्छन् । यो उमेरमा पनि जीवन खुसीपूर्ण तरिकाले व्यतित गर्न सकिन्छ भन्ने वातावरण प्रदान गर्ने हिसाबले यस्ता संस्थाहरू खोलिने क्रम बढ्दो छ । यसैको एक उदाहरण हो हार्माेनी पनि ।
![](http://assets-cdn.ekantipur.com/images/nari/miscellaneous/13112016052018IMG_6669.JPG)
व्याचलर नर्सिंङसम्मको शिक्षा पूरा गरेर लामो समय यसै क्षेत्रमा बिताएकी रोसा हार्माेनी आफ्नो प्यासन भएकाले जीवनकाल रहुन्जेलसम्म यही क्षेत्रमा कटिवद्ध भएर लाग्ने योजना भएको बताउँछिन् । व्यावसायिक हिसावले भन्दापनि सहरमा बढेको व्यस्तता एवं कम रेखदेखका कारण बुढेसकालमा आइपर्ने समस्यालाई मध्यनजर गर्दै उनीहरूको हेरचाहमा अहोरात्र जुट्न हार्माेनीले आफ्नो यात्रा सुरु गरेको रोसाले बताइन् ।
![](http://assets-cdn.ekantipur.com/images/nari/miscellaneous/13112016051952IMG_6488.JPG)
![](http://assets-cdn.ekantipur.com/images/nari/miscellaneous/13112016051945IMG_6477.JPG)
तस्विरहरु : नवराज वाग्ले