आत्मविश्वासी सोफिया
सानैदेखि हक्की र साहसी सोफिया भुजेल सन् २०२२ की ‘मिस युनिभर्स नेपाल’ विजेता हुन् । आगामी जनवरी १४ मा अमेरिकाको न्यू ओर्लिन्समा हुने ‘मिस युनिभर्स’ मा उनी नेपालको तर्फबाट प्रतिनिधित्व गर्दैछिन् ।

अहिले सबैले आफ्नो फिटनेसप्रति चासो राख्छन् । आसामबाट विवाह गरी नेपाल आएकी मिलन अमात्यले अहिले आफ्नो शरीर स्वात्तै घटाएकी छिन् । दर्शकको माग तथा प्रशंसकहरूको रुचिलाई मध्यनजर गर्दै उनी अहिले स्टेजमा पनि उत्तिकै जमिरहेकी छिन् । यसअघि विश्व सुन्दरी गीतमा मोडलका रूपमा देखापरेकी मिलन हालसालै प्रदर्शनमा आएको लट्ठै बनायो गीतमा पनि मोडलका रूपमा देखापरेकी छिन् ।
अहिलेका दर्शकहरू आफूलाई मनपर्ने गायिकाहरूको स्वर मात्र सुनेर अघाउँदैनन् उनीहरू गायिकालाई गीतको भावसँगै देख्न पनि चाहन्छन् । सम्भवत: मिलनले आफै मोडल भएर दर्शक–श्रोताहरूको त्यही रहर पूरा गरेकी छिन् ।