३३ वर्षे यात्रा गाथा
सम्बन्धलाई तरोताजा र फ्रेस राख्न आज पनि यो जोडी घरपरिवार, आमाबुवा, सासू–ससुरा, छोराछोरी कसैलाई थाहै नदिई सुटुक्क यात्रामा त कहिले मुभी हेर्न निस्कन्छ ।
१० औं मिस लिटल नेवा –२०१६ किम्ति श्रेष्ठले जितेकी छिन् । नेपाली फेसन होमले आइतबार आयोजना गरेको प्रतियोगिताको ग्रान्ड फिनालमा सेन्ट जेभियर्स स्कुलमा अध्ययनरत किम्तीले मिस लिटल नेवा:को उपाधी हात पारेकी हुन । किम्तीले उपाधीसंगै मिस फोटोजेनिकको उपाधी पनि जितिन् । उनले २६ जना किशोरीलाई पाखा लगाउँदै १० औं मिस लिटल नेवा: – २०१६ को उपाधि जितेकी छिन् ।

प्रतियोगितामा अन्नपूर्ण हाई स्कुलमा अध्ययनरत श्रीलता शाहले फस्ट रनर्सअप तथा रोजबर्ड स्कुलमा अध्ययनरत महिता श्रेष्ठले सेकेन्ड रनर्सअपको उपाधि प्राप्त गरे । ‘जात्रा’ लाई थिम बनाइएको यो वर्षको प्रतियोगिता अवधिभर प्रतिस्पर्धीहरूले नेवार जात्रालाई आफ्नो प्रस्तुतिमा प्राथमिकता दिएका थिए ।

यसैगरी, प्रतियोगितामा सोनिमा महर्जनले मिस इनोसेन्ट, श्रीया महर्जनले मिस फ्रेन्डसिप, आयुषा श्रेष्ठले मिस चार्मिङ, आयाना शाक्यले बेस्ट स्माइल, श्रीया महर्जनले बेस्ट स्किन, आज्ञा तुलाधरले मिस बेस्ट हेयर, श्रीया शाक्यले मिस डिसिप्लिन, अनुष्का महर्जनले मिस पर्सनालिटी, लसता डंगोलले सोसल वेलफेयर एम्बेसडर, श्वेना श्रेष्ठले बेस्ट ड्रेस, क्रिष्टिना स्थापितले बेस्ट नेपाल भाषा तथा रश्मिला तुलाधरले मिस ट्यालेन्टको उपाधि जितेका छन् ।