विषाक्त खाद्यले घरपालुवालाई समस्या
चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।
नयाँ–नयाँ प्रतिभाशाली मोडलहरू जन्माइरहेको हाउस अफ फेसनकी सिइओ ओसिमा बानु आफै पनि सक्रिय मोडल हुन् । ६ वर्षअघि र्याम्प मोडलिङबाट करियर सुरु गरेकी ओसिमाले थुप्रै फोटो सुट, विज्ञापन एवं मोडलिङको अनुभव बटुलिन् । मोडलका रूपमा काम गर्दा आफूलाई परेको गार्हो र पहिरनदेखि मेकअप आदि मिलाउँदा भएका कठिनाइका कारण ओसिमाले हाउस अफ फेसनको स्थापना गरिन् ।
अहिले उनी लोकल डिजाइनरहरूलाई प्रोमोट गर्दै विभिन्न किसिमका इभेन्टहरूको आयोजना गर्छिन् भने हाउस अफ फेसन तथा मोडलिङ प्रतियोगिताहरूमा उत्तिकै व्यस्त छिन् । ओसिमा आफ्नो बाल्यावस्थादेखिको नायिका हुने सपना पनि पूरा गर्दैछिन् । ओसिमाको डेब्यु चलचित्र रोमियो हो । नायिकाका रूपमा आएपछि भने चलचित्रलाई पनि साथै लाने उनको सोच छ ।