Successfully Copied

सेलिब्रेटी फेसन

आकर्षक र धेरैबाट रुचाइएकी नायिका हुन्–नीता ढंगाना । नेपाली चलचित्रबाट आमदर्शकको मन जित्न सफल कलाकार हुन्–नायिका ढुंगाना ।

नीता ढुंगाना, नायिका 

आकर्षक र धेरैबाट रुचाइएकी नायिका हुन्–नीता ढंगाना । नेपाली चलचित्रबाट आमदर्शकको मन जित्न सफल कलाकार हुन्–नायिका ढुंगाना । छरिती र सुन्दर लुक्सकी नायिका ढुंगाना चञ्चले स्वभाव र फरासिलो व्यवहारका कारण आफू छोटो समयमै नेपाली सिने नगरीमा उदाएको बताउँछिन् ।अहिले नेपाली फेसन जगत्मा चलेका बुटिक फेसन तथा स्टाइलका पहिरनबाट छिट्टै आकर्षित हुने कलाकार हुन् उनी ।

लेहेंगा र साडीमा आफूलाई एलिगेन्ट र सुन्दर देखिएको महसुस गर्ने ढुंगाना  क्याजुअल पहिरनमा पनि उत्तिकै रमाउँछिन् । पाइन्ट तथा टि–सर्टमा ठाँटिन अभ्यस्त ढुंगाना विश्व बजारमा चलेका पहिरनप्रति मोह राख्छिन् । नीता विशेष ठाउँ तथा अवसरमा बुटिकका पहिरन नै लगाउँछिन् । ब्रान्डमा खासै कन्सियस नहुने नायिका ढुंगानाको प्राथमिकतामा मन पर्ने र आरामदायक पहिरन नै पर्छन् । नीता सुटिङबाहेक अरू बेला विशेष मेकअप गर्दिनन् । उनीसँग सौन्दर्य प्रसाधनका प्यानस्टिक, म्याकको गाजल, जोनसन पाउडर तथा क्रिम छन् । अधिकांश समय बिनामेकअप हिँड्ने नीता कस्मेटिक प्रसाधन त्यति खरिद गर्दिनन् । 

एसेसरिजमा उनले हातमा सिल्भर गोल्ड र सुनका दुईवटा औंठी लगाएकी छिन् । नाडीमा राडोको घडी लगाउने नीतासँग घडीको राम्रै संकलन छ । नायिका ढुंगाना घरबाहिर हँुदा हरदम सनग्लास लगाउँछिन् । नीता आँखालाई घाम, धूलो र धूवाँबाट जोगाउनुका साथै आकर्षक देखिन सनग्लास प्रयोग गर्छिन् । उनीसँग सबैभन्दा बढी भएको एसेसरिज चाहिँ जाराका जुत्ता हुन् ।  चालीसौं जोर जुत्ता संकलन गरेकी नायिका ढुंगानालाई फेरी–फेरी जुत्ता लगाउन मन लाग्छ । 

ढुंगाना फेसन र व्यक्तित्वलाई जोड्दै भन्छिन्–‘पहिरन अरूलाई देखाउन होइन आफ्नो अवस्थाअनुकूल हुने गरी लगाउनुपर्छ । स्टाइलिस्ट पहिरन सामान्य मूल्यमा पनि पाइने हुँदा महँगो नै लगाउनुपर्छ भन्ने पनि छैन । बरु सकारात्मक विचारमा निखार ल्याउन पुस्तकमा खर्च गरे व्यक्तित्व एवं क्षमता अभिवृद्धि हुन्छ।’ 

 Image