कर्णालीका डाक्टर
सुर्खेतको गाउँटोल र छेउछाउका डाँडाकाँडा डुल्दै डा. नवराज केसीको बाल्यकाल बित्यो । बालरोग विशेषज्ञ भएपनि उनी अहिले महिलाका डाक्टर हुन् ।

सुन्दर घर निर्माण गरेर मात्र हुँदैन त्यसमा भित्री तथा बाहिरी सजावट राम्रो भएन भने सुन्दर युवतीले बेढंगको पहिरन लगाएजस्तो देखिन्छ । घरको उपयुक्त शृंगारका लागि सुहाउँदा फर्निचर एवं फर्निसिङ पनि आवश्यक हुन्छ । उहिलेको जस्तो विशाल घर बनाएर भित्र ह्वांग राख्ने समय अब छैन बरु सानो–चिटिक्कको घर होस् तर भित्री सजावट भरिपूर्ण होस् भन्ने चाहना हुन्छ सबैको ।
फर्निचर यस्ता सामग्री हुन् जसले घरलाई सुन्दर देखाउने मात्र नभै मानिसको सिम्बोल अफ स्टेटस मेन्टेन गर्न सहयोगी सिद्ध हुन्छन् । फर्निचरले घरधनीको प्रतिष्ठा बढाउने काम समेत गर्छन् । हिजोआज बजारमा नयाँ शैली, डिजाइन एवं रंगका फर्निचर भित्रिएका छन् । नेपालमै बनेका फर्निचर आयातीतको तुलनामा बलिया, भरपर्दा तथा बढी टिकाउ भए पनि फिनिसिङको मामिलामा आयातीत फर्निचर अगाडि छन् ।
बेस्ट इन्टेरियर, नयाँबानेश्वर, बिजुलीबजारका हीरा महर्जन भन्छन्–पानी पोखिएर भुइँ फुल्ने, च्यापच्याप लाग्ने वा चर्किएर जाने डरले मानिसहरू भान्सा तथा बेडरुममा पार्केटिङ गर्न चाहँदैनथे तर हालसालै चीनबाट भित्रिएका ग्लसी पार्केटले यस्ता समस्या हटाइदिएको छ । हीराकाच अनुसार यस्ता पार्केटिङ हालसालै मात्र नेपाल ल्याइएको हो । यो पार्केटिङ वाटरप्रुफ, मुनि फोम राखिएको तथा ग्लसी भएकाले यसको लुक्स चित्ताकर्षक त छ नै त्यसका अतिरिक्त जति पानी पोखिए पनि नफुल्ने, बिग्रिएर नजाने तथा आकर्षक लुक्स दिने खालको छ ।’
पहिलो पटक नेपाल भित्रिएको नयाँ प्रिन्ट तथा फ्रेबिकयुक्त सोफा बेस्ट इन्टेरियरमा देख्न पाइन्छ । ७० हजारभन्दा बढी पर्ने यस्ता सोफा स्टाइलिस्ट र बलिया छन् । लेदर तथा कपडा दुवैमा उपलब्ध यस्ता सोफासेट बढी माग हुने फर्निचर हुन् । त्यसैगरी यहाँ बिक्रीका लागि राखिएका अफिस तथा डाइनिङ टेबल पनि फरक डिजाइनका बुट्टा कुँदिएका नयाँ शैलीका छन् । स्टिल, ग्रेनाइट तथा मार्बलमा उपलब्ध डाइनिङ टेबल विभिन्न कलरमा उपलब्ध हुने महर्जन बताउँछन् । यसैगरी पर्दाको डिजाइनमा पनि ठूलो परिवर्तन आएको छ । भित्री नेट प्रयोग गरी बाहिर कपडाको पर्दा टाँगिने पुरानो ट्ेरन्ड परिवर्तन भै नेटमा पनि बाहिरी पर्दाकै फ्लावर प्रिन्ट भएको नीवन शैली भित्रिएको छ । यस्तो मनमोहक पर्दाको प्रयोगले भिन्नै संसारको अुनुभूति गराउँछ ।
इबोनी फर्निसिङ अनामनगरमा विशेषत: सोफासेट, दराज, पलङ तथा पर्दाका कपडाको माग बढी हुने निर्देशक विमल अग्रवाल बताउँछन् । अहिले थाइल्यान्ड तथा चीनबाट नेपाल ल्याइएका सोफासेट कलर परिवर्तन भएर आएका छन् । पछिल्लो समयमा नेपाली बजारमा देखिएका फर्निचरहरू मोडिफाइ गरिएका तथा आकर्षक छन् । विमल भन्छन्–यो वर्ष नेपाल भित्रिएका फर्निचर विगतका भन्दा आकर्षक एवं गुणस्तरीय छन् । हामीकहाँ उपलब्ध सामग्रीको गुणस्तरमा कुनै सम्झौता गरिएको छैन ।’
नेपालकै सबैभन्दा ठूलो शोरुम भएको फर्निचर ल्यान्डमा चाइनिज बेडरुम सेट बढी बिक्री भैरहेको बताउँदै मार्केटिङ म्यानेजर आशीष स्यानतान भन्छन्–यसले कोठालाई आकर्षक देखाउनुका साथै पूर्णता प्रदान गर्छ । यस्ता पृथक् डिजाइन एवं शैलीका फर्निचर कोठामा राख्दा मानिसको मुड स्वत: फ्रेस हुन्छ ।
फर्निचरल्यान्डले थाइल्यान्डबाट नेपाल भित्र्याएको सोफासेट फरक डिजाइनको तथा चित्ताकर्षक देखिन्छ । २ लाख ८० हजार रुपैयाँभन्दा माथिको यो सोफासेट कालो तथा बर्गन्डी रंगमा उपलब्ध छ भने यसमा १ वर्षको वारेन्टी पनि छ । भारतीय ब्रान्डका अफिस चेयर तथा अफिस र सेन्ट्रल टेबल अहिलेका चल्तीका फर्निचर हुन् । उच्च गुणस्तरीय सामान, उपत्यकाभित्र नि:शुल्क होम डेलिभरी, आफ्टर सेल सर्भिसजस्ता सुविधा प्रदान गरिरहेको फर्निचरल्यान्डले चाडपर्वमा विशेष छुट तथा अफर स्किम ल्याउने गरेको छ ।
करुणा फर्निचरमा नेपालकै सिसौबाट बनेका बलिया फर्निचर बिक्री गरिँदै आएको प्रबन्ध–निर्देशक देवराज मिश्र बताउँछन् । अहिले करुणाले डाइनिङ, सोफा तथा बेडको सेट नै बिक्रीमा राखेको छ । मिश्र भन्छन्–‘हाम्रा उत्पादन होममेड हुन् ।
नेपालकै सिसौबाट बनेका हाम्रा फर्निचर आयातीत फर्निचरको तुलनामा बलिया छन् । त्यसैले हामीले काठमा लाइफ ग्यारेन्टी दिएका छौं ।’ करुणा फर्निचरमा ९३ हजार देखि २ लाख ५० हजारसम्म पर्ने बेडसेट, ९९ हजारभन्दा माथिका सोफासेट तथा ५५ हजारमाथिका डाइनिङ टेबल बढी बिक्री हुने सामग्री हुन् । मुख्यत: बलिया काठ, टिकाउ पोलिस तथा ह्यान्डमेड बुट्टाहरू नै करुणा फर्निचरको विशेषता भएको देवराजको भनाइ छ ।
चापागाउँस्थित उडमास्टरमा चम्किला तथा आकर्षक डिजाइनका फर्निचर एवं मोडुलर किचन बिक्रीका लागि राखिएका छन् । नेपालकै जंगली सिसौबाट तयार पारिएका यहाँका फर्निचर टिकाउ छन् । उडमास्टरले नवीन शैली तथा डिजाइनका कलात्मक बेड, वाइन र्याक, सोफा, डाइनिङ टेबल आदि सामग्री उत्पादन एवं बिक्री–वितरण गर्छ । उडमास्टर किन पृथक् छ भन्ने प्रश्नको जवाफमा म्यानेजर रमेश थापा भन्छन्–‘हामी गुणस्तरमा जोड दिन्छौं । गुणस्तरसँगै हामीले ग्राहकको सुविधालाई ध्यानमा राखेर नि:शुल्क होम डेलिभरी, बिक्रीपछि मर्मत–सम्भारका साथै सामान हेरी वारेन्टीको सुविधासमेत उपलब्ध गराइरहेका छौं ।’