घरैमा स्वरोजगार
चितवनको माडीस्थित बोटे, थारू, दुरा, दराई, पुन मगर, गन्धर्वलगायत आदिवासी जनजाति तथा लोपोन्मुख समुदायका महिला होमस्टे चलाएर आत्मनिर्भरतातर्फ लम्किँदैछन् ।

हिजोआज मानिसहरूको दिनचर्या अत्यन्त व्यस्त छ । घरको काम, अफिस, बालबच्चा आदिमै धेरैजसोको जीवन बितिरहेको हुन्छ । यस्तो अवस्थामा थकानबाट मुक्ति प्राप्त गर्न सुन्दर बगैंचाले महत्वपूर्ण भूमिका खेल्नसक्छ । यसका लागि घरमा भएको खाली ठाउँ तथा कौसीमा बगैंचा बनाउन सकिन्छ । बगैंचालाई थप सुन्दर बनाउन गार्डेन एसेसरिज तथा अर्नामेन्ट्सहरू प्रयोग गर्ने चलन बढ्दो छ । बगैंचा सजाउने यस्ता एसेसरिज मड हाउस तथा गार्डेनसम्बन्धी पसलबाट खरिद गर्न सकिन्छ । पाटनस्थित वन्डरफूल वक्र्स ग्यालरीमा पनि यस्ता अर्नामेन्ट्स उपलब्ध छन् । यी अर्नामेन्ट्सले बगैंचालाई आकर्षक देखाउनुका साथै मनमा एक किसिमको आनन्द सिर्जना गर्ने वन्डरफूल वक्र्स ग्यालरीकी संचालिका रेविना मुल्मी बताउँछिन् ।
गार्डेन अर्नामेन्ट्सका रूपमा अहिले वन्डरफूल वक्र्स ग्यालरीमा सेरामिकका कछुवा, भ्यागुता, उल्लु, फाउन्टेन, पेटल्स फ्लावर आदि खरिद गर्न सकिन्छ । यस्ता गार्डेन अर्नामेन्ट्समध्ये कछुवालाई स्टाबिलिटीको प्रतीक मानिन्छ । त्यस्तै उल्लुलाई पनि शुभ पंक्षी मानिन्छ । ८ वटा पेटल्स भएको भाँडा पनि गार्डेन अर्नामेन्ट्स हो । यसमा चराचुरुङ्गीका लागि पानी राख्न सकिन्छ । दिनभरिको थकान मेट्न चराचुरुङ्गीको आवाज सुन्दै बगैंचामा टहलिँदा छुट्टै आनन्द मिल्छ ।
गार्डेन एसेसरिजका रूपमा पुतली, हत्केलाको आकारमा चरा नुहाउने भाँडा, सिंह आदि पनि उपलब्ध हुन्छन् । यस्ता अर्नामेन्ट्स होटल, अफिस, घर, हाउजिङ आदिमा प्रयोग हुने रेविनाले बताइन् । राष्ट्रपति भवनमा कछुवा तथा ४ वटा पेटलको फाउन्टेन पनि त्यहीँबाट लगिएको उनले बताइन् ।
सेरामिकका यी सामग्री जनकपुर, दाङ, भक्तपुर, पाल्पा आदि ठाउँबाट ल्याइने रेविना बताउँछिन् । बज्र तथा अष्टमंगल घरमा राख्दा शुभ हुने जनविश्वास छ । गार्डेन अर्नामेन्ट्सले बगैंचामा सुनमा सुगन्ध थप्ने काम गर्छन् । बगैंचा सुन्दर भए थकान मेटिनुका साथै शरीरमा ऊर्जा प्राप्त भएर मनमा सकारात्मकता सिर्जना हुन्छ ।
गार्डेन इक्विपमेन्ट्स
ब्रस–सफा गर्न तथा कलर गर्न ।
खन्ती, कुटो–खन्न तथा गोडमेलका लागि ।
साबेल–फोहोर खन्न तथा माटो मिलाउन ।
कैंची–बोट–बिरुवा काँटछाँट गर्न ।
पानी दिने हजारी–पानी बाल्टिन, मग ।
तस्बिरहरू: श्रुति श्रेष्ठ