Successfully Copied

चाडपर्व र फूल सजावट

फूलले सबैलाई आकर्षित गर्छ । घरको गमलामा ढकमक्क फूलेको फूलले वातावरण नै रमणीय बनाउँछ । चाडपर्वको मौसममा फूलको महत्व अझ बढी हुने गरेको छ । भगवान्लाई चढाउन होस् वा कोठाभित्र भासमा राख्न सबैतिर फूल प्रयोग गरिन्छ । फूलले वातावरण मनमोहक बनाउनुका साथै जोकसैलाई

फूलले सबैलाई आकर्षित गर्छ । घरको गमलामा ढकमक्क फूलेको फूलले वातावरण नै रमणीय बनाउँछ । चाडपर्वको मौसममा फूलको महत्व अझ बढी हुने गरेको छ । भगवान्लाई चढाउन होस् वा कोठाभित्र भासमा राख्न सबैतिर फूल प्रयोग गरिन्छ । फूलले वातावरण मनमोहक बनाउनुका साथै जोकसैलाई मन्त्रमुग्ध तुल्याउँछ । घरमा फूल राख्दा सकारात्मक ऊर्जा प्राप्त हुने जनविश्वास रहिआएको छ । यति मात्र नभै फूलले मानिसमा एक प्रकारको उमङ्ग पैदा गर्छ । 

फूल मानिसको जीवनमा विभिन्न हिसाबले प्रयोगमा आउँछ । सुख वा दु:ख जुनसुकै समयमा फूल प्रयोग गरिन्छ । माया साटासाट गर्न तथा रिसाएकाहरूलाई फकाउन पनि फूल उपयुक्त हुन्छ । त्यसैले अहिले यसको प्रयोग पनि बढ्दै गएको छ । हरेक उत्सव फूलबिना अधूरो हुन्छ । विवाह होस् वा कुनै कार्यशाला कुनै न कुनै रूपमा फूल प्रयोग गरिन्छ । पहिलेदेखि नै हरेक देशमा फूलको प्रयोग कुनै न कुनै रूपमा हुँदै आएको छ । नेपालीहरूको महान् चाड विजयादशमी तथा दीपावलीमा यसको प्रयोग बढी हुन्छ । चाडपर्वमा फूलले घरको रौनक बढाउँछ । कसैको स्वागत, बिदाइ, उपहार आदान–प्रदान, भगवान्लाई खुसी पार्न, सम्बन्ध गाँस्नदेखि लिएर घर सजाउनसम्म फूलको उपयोग हुन्छ । 

चाडपर्वमा बढ्दो माग

हिजोआज घर, अफिस, रेस्टुराँ वा कुनै सेमिनार आदिलाई मौसमअनुकुल फूलले सजाउने चलन छ । चाडपर्वका समयमा सजावटका फूल प्रशस्त बिक्री हुने कमलादीस्थित क्लोभर विफकी प्रबन्ध निर्देशक निकिता प्रधान बताउँछिन् । फूललाई आफ्नो सुविधाअनुसार कोठा, टेबल, प्रवेशद्वार, डाइनिङ टेबल तथा कफी टेबलमा सजाउन सकिन्छ । 

अहिले बजारमा विभिन्न किसिमका कटफ्लावर खरिद गर्न सकिन्छ । गुलाफ, जर्बेरा, कार्नेसन, लिली, अर्किड ट्युबरोज ग्लाडियस आदि फूल सजावटका लागि बढी प्रयोग हुन्छन् । यी फूललाई घरका विभिन्न कुनामा फूल तथा पात मिलाएर भाँडा, टोकरी तथा कुनै बोतलमा सजाएर राख्न सकिन्छ । यसले घरलाई प्राकृतिक स्वरूप प्रदान गर्छ । चाडपर्वमा पाहुना आउँदा यस्ता फूल देखेर रमाइलो महसुस गर्छन् । यस्ता सुन्दर तथा रंगीचंगी फूल एवं पातले ताजापन, स्वस्थ विचार तथा सकारात्मक भावनाको विकास गर्छन् । सजावटका लागि फूलका साथमा हरियो पात प्रयोग गर्दा त्यो अझ बढी जीवन्त देखिन्छ । यस्ता फूल एक हप्तासम्म केही नहुने निकिता बताउँछिन् । सजावटमा छिटो नओइलाउने, बलियो डाँठ भएको तथा चाँडै नगल्ने फूल प्रयोग गर्नु उपयुक्त हुन्छ । पहिले आफूले कस्तो स्थान तथा समयमा फूल सजाउन खोजिएको हो निक्र्योल गर्नुपर्छ । यस्ता फूल कतिपय नेपालकै हुन् भने कतिपय भारत तथा चीनबाट आयात गरिन्छ । 

सजावटका लागि फूल

गुलाफ, कार्नेसन, गोदावरी, लिली, हेलिकोनिया, जर्बेरा, बर्ड अफ प्याराडाइज आदि ।

सजावटमा प्रयोग गरिने पात 

पानी अमला, क्रोटोन, होस्टो, फर्न, फेनपाय, पाम, रबर, मसुन्डा, आइमी आदि । 

सुख्खा फूल (ड्राइ फ्लावर) 

सुख्खा फूल आधुनिक अवधारणा हो । यो ताजा फूलको विकल्प पनि हो । ताजा फूललाई चाहेर पनि लामो समयसम्म राख्न सकिँदैन अनि त्यो चाँडै ओइलाउँछ पनि । ताजा फूललाई समय–समयमा परिवर्तन गरिरहनुपर्छ । दिनहुँ   फूल खरिद गर्नु तथा त्यसलाई मिलाएर सजाउनु कतिपयका लागि सम्भव हुँदैन । यस्तो अवस्थामा सुख्खा फूलले कोठा सजावट गर्न सकिन्छ । गुलाफ, टुलिप, हाइडेन्जिया, कार्नेसन आदिको सुख्खा फूल पाइने फ्रेन्स पेटल्सकी म्यानेजर सुषमा खड्का बताउँछिन् । यस्ता सुख्खा फूललाई स्टिकसँग मिलाएर भासमा राखेर सजाउन सकिन्छ । चाडपर्वको आगमनसँगै यसको बिक्री बढ्ने गरेको सुषमाले बताइन् । चाडपर्वमा मानिस घरको मेकओभर गर्न मन पराउँछन् । यस्तो अवस्थामा सुख्खा फूल पनि उपयुक्त माध्यम हुन सक्छ । सामान्य रूपमा प्राकृतिकजस्तै देखिने यी फूल लामो समयसम्म प्रयोग गर्न सकिन्छ । 

 Image