मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’
दलालहरूले चितवन हुँदै भारत र अन्य मुलुकमा महिलाहरूलाई पुर्याउने क्रम बढेको छ । चितवन जिल्ला प्रहरी प्रमुख एसपी वसन्त कुँवरका अनुसार गोरखा, धादिङ, लमजुङ, नुवाकोट आदि जिल्लाका चेलीलाई दलालले चितवनको बाटो भारत पुर्याउने गरेका छन् । दलालहरूले बाहिरी जिल्लाबाट फकाएर ल्याई अनुकूलता हेरी बाहिर लान चितवनलाई ट्रान्जिट प्वाइन्ट बनाएको तर माइती नेपालले महिलाको गतिविधि निगरानी गर्नाले उद्धार कार्य सफल हुँदै आएको कुँवरले बताए ।
माइती नेपालले एक वर्षको अवधिमा भारत तथा खाडी मुलुकमा लान लागिएका १ सय ३ महिलाको उद्धार गरेको छ । उनीहरूमध्ये अधिकांश चितवन जिल्लाका छन् । माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीका अनुसार यसरी उद्धार गरिएकाहरूमा १० देखि १६ वर्ष उमेरका ५२ जना, १७ देखि २० वर्ष उमेरका २३ तथा २१ देखि ३५ वर्ष उमेरका २८ जना छन् । माइती नेपालका अनुसार ०७०/७१ मा २५ जना चेलीलाई दलालले विदेश लान लागेको अवस्थामा उद्धार गरिएको छ । त्यस्तै ०७१/७२ मा १७ र ०७२/७३ मा १ सय ३ चेलीको उद्धार गरिएको दवाडीले जनाए । तथ्यांक हेर्दा बर्सेनि चेलीहरू बेचिने तथा बिदेसिने क्रम बढेको देखिन्छ । बितेका ३ वर्षको अवधिमा ४ जना दलाल मात्र पक्राउ परेको प्रहरीले बताएको छ ।