‘डग सो’ को रौनक
ललितपुरको जावलाखेलस्थित खेल मैदानमा १३ औं ‘ग्रान्ड डग सो’ आयोजना भएको थियो । हरेक वर्ष आयोजना हुने यस सोमा विभिन्न जातका कुकुरको प्रदर्शनी गरिएको थियो ।

कतिपय रोजगारीका प्रकृति यस्ता हुन्छन्, जुन महिलाका निम्ति बढी उपयुक्त मानिन्छ । एयर होस्टेज, नर्सिङ, ब्युटिसियनजस्ता क्षेत्रमा शालीन, सौम्य, सहनशील, धैर्य एवं राम्रो बानी–व्यवहारका साथै आकर्षक व्यक्तित्व आवश्यक हुन्छ । महिलाको स्वभावअनुकूल रोजगारीले उनीहरूलाई सफल पनि तुल्याउ“छ ।
रिसेप्सनिस्ट
पत्रपत्रिकाको विज्ञापन हेर्ने हो भने, कही“ न कही“ रिसेप्सनिस्टका निम्ति आवेदन माग गरिएको हुन्छ । यसबाट पनि बजारमा रिसेप्सनिस्टको माग उच्च भएको स्पष्ट छ । त्यसमा पनि रिसेप्सनिस्टमा युवतीकै माग बढी हुन्छ । यो क्षेत्रमा रोजगारी प्राप्त गर्न शिक्षा र प्रशिक्षणका साथै आकर्षक व्यक्तित्व हुनु आवश्यक छ । जुन युवती वा युवक रिसेप्सनिस्टमा आफ्नो करियर बनाउन चाहन्छन् उनीहरूले यो क्षेत्रमा निकै राम्रो अवसर पनि प्राप्त गर्न सक्छन् ।
रिसेप्सनिस्टले आगन्तुकस“ग साक्षात्कार गर्नुपर्ने भएकाले उनीहरू आकर्षक देखिनुका साथै नम्र र मीठो बोलीमा प्रस्तुत हुनुपर्छ । उनीहरूको व्यवहारबाट कम्पनीका सम्बन्धमा आगन्तुकले आफ्नो धारणा तयार गर्न सक्छन् । त्यसैले रिसेप्सनिस्टले आगन्तुकलाई सकारात्मक प्रभाव पार्ने किसिमले आफूलाई प्रस्तुत गर्नुपर्छ । रिसेप्सनिस्टमा अंग्रेजी भाषाको राम्रो ज्ञान हुनुपर्छ । त्यसबाहेक अन्य भाषामा पनि दख्खल भए सुनमा सुगन्ध हुन्छ भने उनीहरूमा ह“सिलो अनुहारका साथै मीठो बोल्ने कला पनि चाहिन्छ ।
हेयर डिजाइनर
केशको साजसज्जामा पुरुषको भन्दा महिलाको हात छिटो चल्न सक्छ किनभने उनीहरू केशको सौन्दर्यमा बढी सचेत हुन्छन् । रचनात्मक क्षमता भएकाले यो क्षेत्रमा करियर बनाउन सक्छन् । हेयर डिजाइनर बन्न केशको प्रकृति, बनोटदेखि यसको सौन्दर्यसम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक ज्ञान हुनुपर्छ । हेयर मेकअप, कटिङ, वेल मसाज, सेटिङ, हाइलाइट, कलरिङ आदिमा पोख्त हुनुपर्छ । केश शृंगारमा आवश्यक सम्पूर्ण सीप आर्जन गरिसकेपछि आफैले पार्लर सञ्चालन गरेर आय आर्जन गर्न सकिन्छ । यस किसिमको जनशक्ति स्वदेशी तथा विदेशी बजारमा पनि राम्रै खपत हुने गरेको छ । काठमाडौंलगायतका सहरमा हेयर डिजाइनसम्बन्धी छोटो तथा लामो अवधिको कोर्स गर्न सकिन्छ ।
होलिस्टिक नर्सिङ
उपचारका विभिन्न पद्धति छन्–एलोपेथिक, होमियोपेथिक, नेचुरोपेथी, अकुपञ्चर आदि ।सामान्यतया नर्सिङ अध्ययन गरेकाहरूलाई एलोपेथिक पद्धतिका सम्बन्धमा सिकाइन्छ । यद्यपि अहिलेको विश्वबजारमा एउटा विधि मात्र पर्याप्त हु“दैन । यी सबै पद्धतिका बारेमा आधारभूत ज्ञान आर्जन गर्नु नै होलिस्टिक नर्सिङ हो । यसअन्तर्गत आयुर्वेदिक, अकुपञ्चर, अकुप्रेसर, फिजियोथेरापी, नेचुरोपेथी, होमियोपेथी, योग आदि सम्पूर्ण उपचार विधिका बारेमा आधारभूत ज्ञान प्रदान गरिन्छ । एलोपेथिक मात्र नभएर अन्य सबै किसिमका उपचार विधिका बारेमा जानकारी पाइने होलस्टिक नर्सिङका लागि तालिम लिइसकेपछि रोजगारीको बाटो खुकुलो हुने सम्भावना बढी हुन्छ ।
अहिले सरकारी तथा निजी क्षेत्रबाट प्राकृतिकका साथै आयुर्वेदिक उपचार केन्द्र एवं अस्पताल स्थापना हुने क्रम बढेको छ । यसले होलस्टिक नर्सिङमा रोजगारीको सम्भावना बढाउ“दै लगेको छ । अहिले विश्वमै आयुर्वेदिक एवं प्राकृतिक चिकित्सा विधि लोकप्रिय हु“दै गएको छ । नेपालमा अहिले होलिस्टिक नर्सिङसम्बन्धी छोटो अवधिको कोर्स गर्न सकिन्छ ।
हेन्डिक्राफ्ट
कतिपय महिलालाई घरबाहिर गएर रोजगारी गर्न त्यति अनुकूल हु“दैन । घरधन्दा, सरसफाइदेखि बालबच्चा स्याहार्ने कामले उनीहरूलाई व्यस्त बनाउ“छ । यस्तो अवस्थामा पनि घरमै बसेर कुनै काम गर्न सकिन्छ जसको राम्रो विकल्प हो–हेन्डिक्राफ्ट ।
हेन्डिक्राफ्ट रचनात्मक कार्य हो । यसको आधारभूत ज्ञान भएपछि आफैले विभिन्न किसिमका सामग्री उत्पादन गर्न सकिन्छ, जो दैनिक उपभोगका वस्तुदेखि सजावटका सामग्रीसम्म हुनसक्छन् । त्यस्तै खेलौना पनि निर्माण गर्न सकिन्छ । यसमा खासै ठूलो लगानी गर्नु पर्दैन । खुसीको कुरा त के छ भने ह्यान्डिक्राफ्टको बजार फराकिलो एवं सम्भावनायुक्त छ । यसको माग स्वदेशमा मात्र होइन विदेशमा समेत हुने गरेको छ । कतिपय सरकारी, गैरसरकारी संस्थाले महिला सशक्तीकरणका लागि ह्यान्डिक्राफ्ट बनाउने तालिम उपलब्ध गराउ“छन् ।
मन्टेश्वरी शिक्षक
महिलाहरूका निम्ति करियरको राम्रो विकल्प हो–मन्टेश्वरी शिक्षक । यो उनीहरूको स्वभाव र रुचिको क्षेत्र पनि हो । अक्सर महिलाहरू बालबच्चा मन पराउने, माया गर्ने र उनीहरूस“ग खेल्न रुचाउने स्वभावका हुन्छन् । यस्ता महिलाले मन्टेश्वरी शिक्षकका रूपमा राम्रो भविष्य बनाउन सक्छन् ।
मन्टेश्वरी शिक्षण विधि २ देखि ६ वर्ष उमेर समूहका बालबालिकाहरूमा लक्षित गरेर तयार गरिएको हुन्छ । यो उमेरका बालबालिकाहरूलाई कुनै दबाबबिना नै जीवनोपयोगी शिक्षातर्फ अग्रसर गराउने विधि नै मन्टेश्वरी शिक्षण विधि हो । बालबालिकालाई पा“च ज्ञानेन्द्रियको प्रयोगबाट कसरी शिक्षा ग्रहण गराउने भन्ने विधि शिक्षकले जान्नुपर्ने हुन्छ । उनीहरूले विभिन्न मन्टेश्वरी सामग्रीको प्रयोगबाट बालबालिकालाई शिक्षा दिनुपर्छ ।
मन्टेश्वरी शिक्षकले मुख्यतः बालबालिकाको मनोविज्ञान बुझ्न सक्नुपर्छ अनि सोहीअनुसार शिक्षा दिनुपर्छ । यसमा बालबालिकाको रुचि एवं क्षमतामा ध्यान दिइन्छ । मन्टेश्वरी शिक्षण विधिस“गै अर्ली चाइल्ड एजुकेसन डेभलोपमेन्ट (इसिइडी) पनि सिकाइन्छ । मन्टेश्वरी शिक्षकले बालबालिकालाई परम्परागत एवं घोकन्ते विद्या होइन स्वतन्त्र रूपमा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने कार्यमा पे्ररित गर्नुपर्छ ।
एमआर
मेडिकल रिप्रेजेन्टेटिभ अर्थात् एमआर पनि महिलाका निम्ति उपयोगी हुनसक्छ । धैर्यवान्, शालीन एवं नम्र व्यवहार भएकाहरूले यो क्षेत्रमा प्रगति गर्न सक्छन् । यद्यपि यो पेसा जति आकर्षक छ उत्तिकै चुनौतीपूर्ण र संवेदनशील पनि छ । यो मानव स्वास्थ्यस“ग सोझो सम्बन्ध राख्ने काम हो ।
बारम्बार चिकित्सकस“ग साक्षात्कार गर्नु, आफ्ना उत्पादनका बारेमा विश्वास दिलाउनु यो पेसाको आकर्षण र चुनौती हो । एमआरले आफूलाई सधै सफा, स्वस्थ, आकर्षक एवं सभ्य रूपमा प्रस्तुत गर्नुपर्ने हुन्छ । अंग्रेजी भाषामा राम्रो दख्खल, कम्युनिकेसन स्किल, मार्केटिङ ज्ञान, बोलीमा मिठास र प्रभावशाली व्यक्तित्व एमआरका लागि आवश्यक गुण हुन् । एमआरले कुनै पनि कम्पनीले उत्पादन गरेको औषधिको बजार प्रवद्र्धन गर्छ ।
कुन कम्पनीको औषधि हो, कति मूल्य पर्छ, अन्य औषधि भन्दा के फरक छ, यसको प्रभावकारिता आदिका सम्बन्धमा जानकारी गराएर बिक्री गर्न सक्नुपर्छ । यसका लागि उनीहरूमा औषधिसम्बन्धी ज्ञानका अतिरिक्त त्यसको सबल पक्षलाई प्रभावकारी ढंगले प्रस्तुत गर्ने क्षमता पनि हुनुपर्छ ।
एमआरले चिकित्सकस“ग प्रत्यक्ष भेटेर आफ्नो परिचय, कम्पनीको परिचय, औषधि (मोलिक्युल) आदि विषयमा जानकारी दिनुपर्छ भने अरू मोलिक्युलभन्दा आफ्नो मोलिक्युल किन प्रभावकारी छ भन्ने कुरा बुझाउन सक्नुपर्छ । आफ्नो कम्पनीको औषधिप्रति चिकित्सकलाई आकर्षित गर्नु नै एमआरको सफलता हो ।
डेन्टल हाइजेनिस्ट
अहिले रोजगार बजारमा डेन्टल हाइजेनिस्टको उच्च माग छ । दा“त तथा मुखस“ग जोडिएको यो क्षेत्रमा महिलाहरूले करियर बनाउन सक्छन् । यो क्षेत्रको जनशक्ति मुख तथा दा“तको सामान्य उपचार गर्न सक्षम हुन्छन् । उनीहरूले कुनै पनि अस्पताल, शैक्षिक संस्थामा हेल्थ असिस्टेन्टका रूपमा काम गर्न सक्छन् । सरकारी कोटामार्फत यस्ता जनशक्ति खपत नहुने भए पनि निजी अस्पताल तथा एनजिओ, आइएनजिओमा रोजगारीको अवसर खुला हुन्छ । त्यसो त ग्रामीण क्षेत्रमा आफैले पनि यस्तो सेवा सञ्चालन गरेर स्वरोजगार सिर्जना गर्न सकिन्छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सम्बन्धनमा थुप्रै संस्थाले डेन्टल हाइजेनिस्टसम्बन्धी १५ महिने तथा ३ वर्षे कोर्स गराउ“दै आएका छन् । सिटिइभिटीले डेन्टल हाइजेनिस्टस“ग सम्बन्धित टी एसएलसी (प्राविधिक एसएलसी) र डिप्लोमा तहका छुट्टाछुट्टै पाठ्यक्रम तय गरेको छ । टी एसएलसीको कोर्स १५ महिने हुन्छ भने डिप्लोमा तह पूरा गर्न तीन वर्ष लाग्छ ।
एयर होस्टेज
थुप्रै युवती एयर होस्टेजमा करियर बनाउन लालायित हुन्छन् । यो यस्तो क्षेत्र हो जहा“ जोखिमस“गै रोमाञ्चकता पनि छ । आकर्षक व्यक्तित्व, मीठो बोली, राम्रो व्यवहार, शिष्ट एवं सभ्य युवती एयर होस्टेजका निम्ति योग्य हुन सक्छन् । एयर होस्टेजको मुख्य जिम्मेवारी विमानमा यात्रा गरिरहेका यात्रुलाई आवश्यक सेवा–सुविधा उपलब्ध गराउने हो । विमानले उडान भर्नुअघि यात्रुलाई व्यवस्थित गर्ने, यात्राका क्रममा आवश्यक सहयोग तथा सेवा–सुविधा उपलब्ध गराउने र अवतरणपछि सुरक्षित रूपमा उतार्ने काम एयर होस्टेजको हो ।
एयर होस्टेजका लागि अंग्रेजी भाषा अनिवार्य मानिन्छ । एयर होस्टेजअन्तर्गत व्यक्तित्व विकास, टिकटिङ एयर क्राफ्ट, जिम्मेवारी र कर्तव्य, फ्लाइट अनाउन्समेन्ट, फ्लाइट इकुमेन्ट, सुरक्षा, साधारण स्वास्थ्योपचार, बोर्डिङ कार्ड चेक गर्ने विधि, लामो र छोटो दूरीको उडानमा ब्रेक फास्ट, लन्च, डिनर सर्भ गर्ने विधि आदि सबै कुरा सिकाइन्छ ।