अहिलेको आर्थिक मन्दीले जताततै असर
महिलाले घरपरिवार, समाज र व्यावसाय दुवै हेर्नुपर्ने र सन्तुलनमा राख्नुपर्ने भएकाले सहज छैन तर यसका बावजुद पनि अवसर नभएका होइनन् । आत्मनिर्भर हुन, एक्सपोजर पाउन, विदेशी संस्कृतिबारे थाहा पाउन यसले सघाएको पनि छ ।
ब्यूटिसिएन डिभा – २०१६ को ताज प्रमिला भण्डारीले हात पारेकी छिन् । त्यस्तै चन्दा सुबेदीले फस्ट रनरअप, पारु शर्माले सेकेण्ड रनरअपको ताज हात पारेका छन् । तिनैजनालाई नगद पुरस्कार सहित विभिन्न उपहार प्रदान गरिएको थियो । रेडिएन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना एवं राज फैजुको कोरियोग्राफी रहको उक्त ब्यूटिसिएन डिभा – २०१६ को तेस्रो संस्करणमा बेष्ट ड्ेरस मन्जु शिन्ताकलाले जितिन् भने ब्राइडल मेकअपमा सर्वकृष्ट भइ पारु शर्माले स्कील ट्यालेन्टको अवार्ड जितेकी छिन् ।
प्रमुख अथिति पुर्ब शान्ती तथा पुर्नस्थापन मन्त्री सत्या पहाडी रहेका थिए । साथै निर्णायकहरुको भूमिकामा हेयर स्टाइलिस्ट सान्द्रा पुन, नेपाल महिला उद्यमी संघकी अध्यक्ष रेनु स्थापित, फुलवारी रिर्सोटकी कर्पोरेट सेल्स म्यानेजर अन्जली लिगल प्रधानाङ्ग, नारी पत्रिकाकी सह–सम्पादक झरना अधिकारी, कलाकार एवं गायिका सिर्जु अधिकारी, अरनिको टेलिभिजनका इन्टरटेनमेन्ट चिफ एवं म्युजिक भिडियो निर्देशक दिपेन्द्र घिमिरे निर्णायक रहनुभएका कार्यक्रममा विशिष्ट अतिथिका रुपमा प्रा.डा. राज्यश्री श्रेष्ठ रहनुभएको थियो । कार्यक्रममा प्रतियोगीहरुले स्वागत नृत्य पश्चात परिचय दिएर नेपालीपन झल्कने विभिन्न जातजातीको भेषभुषा प्रदर्शन गरेको थियो ।

