विषाक्त खाद्यले घरपालुवालाई समस्या
चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।
नेप्लिज फेसन होमद्धरा आयोजित नवौं मास्टर स्टार २०१६ को उपाधि अस्तित्व दर्शन गिरीले जितेका छन् । गिरीले उपाधिसहित कम्प्युटरलगायत विभिन्न उपहार हात पारेका छन् । मंगलबार राजधानिमा आयोजित सो प्रतियोगितामा उत्तम पाठक फस्ट रनर अप र अनमोल शाही सेकेन्ड भए ।
प्रतियोगितामा अभियान काश्यपले पर्सनालिटी, अनोज खड्काले बेस्ट स्माइल, रितेश सिंहले इन्नोसेन्ट, हिरेन्द्रकुमार शाहले बेस्ट डेस उपाधि जिते । यस्तै किस्मत श्रेष्ठले चार्मि, कुलदीप केसीले डिसिप्लिन, आर्यन राइले ट्यालेन्ट र फोटोजेनिक, नवीन थपलियाले फ्रेन्डसिपको अपाधि जिते । विजेताले ट्रफीसगै विभिन्न उपहार प्राप्त गरे ।

प्रतियोगिताको निर्णायकमा पूर्वमिस नेवा: अलिशा बज्रचार्य, गायक निर्णय श्रेष्ठ, पत्रकारद्धय डब्बु क्षेत्री र झरना अधिकारी, फेसन डिजाइनर शोभा महर्जन, नृत्य निर्देशक रिया महर्जन, डा. सुस्मिता ढकाल, व्युटिसियन मञ्जु कार्की, राज खनाल थिए । बालकहरुको व्यक्तित्व विकास, प्रतिभा प्रस्तुतिका लागि नौ वर्षदेखि यो प्रतियोगिता गर्दै आएको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।