‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।

नाडा अटो सो आजबाट सुरु भएको छ । भृकुटिभण्डपमा ६ दिनसम्म सञ्चालन हुने अटो सोलाई सर्भो लुब्रिकेन्ट्सले मुख्य प्रायोजन गरेको छ । अटोमोबाइल व्यावसायीको छाता संगठन नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा मेला सुरु भएको हो । प्रदर्शनीमा चारपांग्रेका १६ ब्रान्ड, दुईपांग्रेका १५ ब्रान्ड र कमर्सियल सवारीसाधनका ५ ब्रान्ड सहभागी छन् । मेलामा रहने १ सय २५ स्टल राखिएका छन् । प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्ट्स, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसोसरिजको सहभागिता छ।
तस्विरहरु : महेश प्रधान