‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
ललितपुर मलको चौथो तल्लामा अत्याधुनिक सुविधायुक्त पाटन प्याथ ल्याब संचालनमा आएको छ । त्यहाँ भिटामिन बी १२ तथा क्यान्सरको सबै परीक्षण गरिन्छ । १५ जना स्टाफ रहेको यो ल्याब बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ला रहन्छ । हप्ताको सातै दिन खुल्ने पाटन प्याथ ल्याबमा मेल तथा फिमेल बडी चेकअपको प्याकेज पनि उपलब्ध छ । अनलाइन तथा एसएमएसबाट पनि बिरामीको रिपोर्टको जानकारी दिइने यो ल्याबमा स्पेशल डिस्काउन्टको समेत व्यवस्था भएको व्यवस्थापक रेशमले बताए ।